ताजा खबर
  

बर्दियामा हावाहुरीका कारण ३ घाईते २५ घरमा क्षति, विवरण आउँदै

दैनिक उज्यालो सम्वाददाता

बर्दिया — गएराती आएको हावाहुरीका कारण बर्दियामा ३ जना घाईते भएका छन भने यो समाचार तयार पार्दा सम्म करिब २५ वटा घरमा क्षति पुगेको प्ररारम्भिक विवरण आएको छ ।

बिहीबार रातिको हावाहुरीले बर्दियामा तीन जना घाइते भएका प्रहरीले जनाएको छ । त्यस्तै करिब २५ वटा घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो । क्षतिको थप विवरण संकलन भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ


प्रहरी नायब उपरीक्षक मदनजित महराका अनुसार घाईते हुनेमा राजापुर नगरपालिका—२ नयॉगाउॅकी २० वर्षीया अनु थारु, बासगढी नगरपालिका—४ मदाहाकी २६ वर्षीया सुनिता विक र उनका ५ वर्षीय छोरा नारायण छन ।

तीनैजना घाइतेलाई उपचार्थ शिक्षण अस्पताल नेपालगञ्ज लगिएको छ। घरको छाना खस्दा उनीहरु घाइते भएका हुन । हावाहुरीले कच्ची घरका छाना र पर्खाल भत्काएको छ ।

हावाहुरीे बासगढी, ठाकुरबाबा, बारबर्दिया र राजापुरमा बढी क्षति पुराएको छ भने केहि स्थानमा विद्युतका पोल ढालेपछि जिल्लाभर विद्युत आपूर्ति ठप्प छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार हुरीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ ।


ताजा समाचार