ताजा खबर
  

सुदुरपश्चिममा २ जनाको मृत्यु, घाईतेको उपचार चल्दै,पोल र ढलेका रुख हटाउन सुरु

टिकापुर— कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । करिब १० दर्जन भन्दा बढी घाइते भएका छन् भने भौतिक संरचनामा क्षति पुगेको छ ।

हावाहुरीबाट ज्यान गुमाउनेमा गोदावरी नगरपालिकाका वीरबहादुर चौधरी छन भने टीकापुरमा पोल्ट्री फर्मको पर्खाल भत्किँदा लहानु डगौराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हावाहुरीका कारण कैलालीमा मात्रै ८० जना घाइते भएका छन् । उनीहरुको अहिले धनगढी अस्पतालमा उपचार भइरहेको छ । अवस्था गम्भीर भएपछि १ जना घाइतेलाई भने नेपालगञ्ज रेफर गरिएको कैलाली प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यका अनुसार, २३ जना घाइते भएका थिए । यीमध्ये १५ जनाको डिस्चार्ज भएको र ८ जनालाई धनगढी रेफर गरिएको उनले बताए । एसपी आचार्यका अनुसार, घाइतेमध्ये १ को अवस्था गम्भीर छ ।

हावाहरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो ।

ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । सुरक्षाकर्मीहरु उद्धारमा जुटेका छन् ।


ताजा समाचार