ताजा खबर
  

बर्दिया अपडेट : १सय १२ घरमा क्षति, ५० लाखको नोक्सान(कुन नगरपालिकामा कति क्षति विवरण सहित)

बर्दिया —  गएराती आएको हावाहुरीका कारण क्षति हुने घरको संख्या १ सय १२ पुगेको छ । करिब ७ घण्टा भन्दा बढी समय लगाएर संकलन गरिएको विवरण अनुसार ४९ लाख ५४ हजार ७ सय मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

३ जना घाईते भएका छन । प्रहरीका अनुसार कुनै पनि घरमा पुर्ण क्षति नभको हो । सबै १ सय १२ घरमा आंशिक क्षति भएको प्रहरीको भनाई छ । कसैको छाना उडाएको छ भने कसैको पर्खालमा समस्या देखिएको छ ।

जिल्ला भरिका ईलाका प्रहरी कार्यालयहरु मार्फत जिल्लामा पुगेको तथ्यांक अनुसार राजापुर नगरपालिकामा ३१ घरमा क्षति भएको छ भने मधुवन नगरपालिकामा २०, ठाकुरबाबा नगरपालिकामा ३, बारबर्दिया नगरपालिकामा ८ घर, बाँसगढी नगरपालिकामा १८ घर, त्यस्तै गुलरिया नगरपालिकामा २ घर, बढैयाताल गाउँपालिकामा २३ घर र गेरुवा गाउँपालिकामा ७ घरमा क्षति पुगेको छ ।
विहिबार आएको हावाहुरीका कारण जिल्लामा अवरुद्ध भएको विद्युतसेवा सञ्चालनमा आएको छ ।

प्रहरी नायब उपरीक्षक मदनजित महराका अनुसार घाईते हुनेमा राजापुर नगरपालिका—२ नयॉगाउॅकी २० वर्षीया अनु थारु, बासगढी नगरपालिका—४ मदाहाकी २६ वर्षीया सुनिता विक र उनका ५ वर्षीय छोरा नारायण थिए। उनिहरु सबैको अवस्था सामान्य छ ।


ताजा समाचार