ताजा खबर
  

कुसुम्बा खानेपानीका निर्वाचित पदाधिकारीहरुले लिए सपथ !

विनोद चन्द

बर्दिया— कुसुम्बा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेस्रो चुनावि साधारणसभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

निर्वाचन मण्डलले एक कार्यक्रमको आयोजना गरी पद तथा गोपनीयताको सपथ दिलाएको हो । निर्वाचन मण्डल संयोजक शिवदत्त लामिछानेले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनिएताको सपथ खुवाउनु भएको थियो ।

असार ४ गते भएको निर्वाचनवाट नर वहादुर खड्का अध्यक्षमा, उपाध्यक्षमा देव वहादुर वली, सचिवमा धन बहादुर सुवेदी, कोषाध्यक्षमा पुर्णकला भुर्तेल, सदस्यहरुमा विनोद चन्द, जहर सिह खड्का, पुने वली, डम्मर रिजाल, लक्ष्मी थारु, हस्ता थापा र तुलसी लम्साल निर्वाचित हुनु भएको थियो।


कार्यक्रमलाई सम्वोधन गर्दै नव निवार्चित अध्यक्ष नर वहादुर खड्काले आफनो कार्यकाल भित्र बाँकी रहेका अधुरा काम पुरा गर्ने, यही वर्ष भित्र २ वटै ट्याङ्कीमा फिल्टर पलान जडान गरी आम उपभोक्तालाई शुद्ध पानि वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्य समितीको शुक्रवार बसेको पहिलो बैठकवाट निर्वाचन सफल बनाउन सहयोग गर्ने आम उपभोक्ता, निर्वाचन मण्डल, राजनीतिक दल, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी सवैमा धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।


ताजा समाचार