ताजा खबर
  

श्रीमतीको हत्या गरी श्रीमान् फरार

इनरुवा – सुनसरीको बर्जु गाउँपालिका– ५ का प्रदीपकुमार यादवले आफ्नै श्रीमतिको हत्या गरी फरार भएका छन् ।

घरमा कोही नभएको मौकामा मंगलबार प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताएका छन ।

घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको स्थानीय हरिनारायण यादवले जानकारी दिएका हुन ।

घरमा कोही नभएको बेला प्रदीपले श्रीमतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएको र उपचारका लागि विराटनगर लगेकामा उपचारकै क्रममा आनन्दीको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

हत्यामा संलग्न प्रदीप फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

हत्या गरेको भन्दै सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


ताजा समाचार