ताजा खबर
  

आईजीपीलाई प्रश्न्: भिडियो प्रहरीको नियन्त्रणबाट बाहिर कसरी गयो ?

त्यो कोठामा सबै भन्दा पहिला प्रहरी छिरेको हो

काठमाण्डौं— पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरीएको भिडियो सुनियोजित भएको हुन सक्ने आधार तर्फ पनि प्रहरी सचेत हुनु पर्ने आवाज उठेको छ । पत्रकार पुडासैनीले आत्महत्या अघि रेकर्ड गरिएको भिडियो सम्पादन गरि सुनियोजित रुपमा बाहिरिएको भन्दै सञ्चारकर्मी रवी लामिछानेका समर्थकहरुले गम्भिर प्रश्न उठाएका छन । उनका समर्थकहरुले भिडियो अनुसार रवीलाई फसाउन खोजिएको हुन सक्ने तर्फ चिन्ता व्यक्त गर्दै ठुलो सड्यन्त्र भएको हुन सक्ने आशंका गरेका छन । यसै बिच चर्चित पत्रकार प्रेम बाँनियाले आईजीपी सर्वेन्द्र खनालसंग उक्त भिडियोले उब्जाएका प्रश्नको जवाफ मागेका छन । बाँनियाले आईजीपी खनाललाई गरेको प्रश्न :

प्रिय मित्र/प्रिय व्यक्तित्व Sarbendra Khanal ज्यू, तपाईंलाई एक आईजीपीका रुपमा भन्दा व्यक्तिगत रुपमा केही जानकारी । तपाईंको निष्ठा, कार्यकुशलताको खुब ठूलो प्रशंसकले उसको ज्ञान र अध्ययनका आधारमा तपाईंलाई नितान्त व्यक्तिगत दुई’टा प्रश्न वा सुझाव प्रस्तुत गरेको सम्झिनुहोला:

नम्बर १ :   त्यो भिडियो कसरी बाहिर आयो ? अनुसन्धानमा अब्बल नेपाल प्रहरीमा तपाईंको अब्बल अनुभवलाई साक्षी राखेर सोधिएको प्रश्न हो यो । आ त्मह त्या गरेको व्यक्ति भएको कोठा प्रहरीले फोडेको हो, त्यो कोठामा सवभन्दा पहिला प्रहरी छिरेको हो । सबै प्रमाणहरु (मोवाइल, कागजात वा अन्य सबै) प्रहरीले नै संकलन गरेको हुनुपर्छ/हुनैपर्छ । त्यसपछि सवै स्रोत र सूत्रहरु गोप्य राखेर सुक्ष्म र गोप्यरुपमै अनुसन्धान अगाडि बढाउनुपर्नेमा त्यो भिडियो कसरी बाहिर आयो ?
यतिसम्म कि त्यो भिडियो आफन्तको हातमा पनि पुग्न सक्दैन, मिल्दैन र सम्भव छैन । किनकि यो प्रहरी अनुसन्धानको विषय भइसकेको थियो । सबै स्रोतहरु प्रहरीको नियन्त्रणमा हुनुपर्छ । संसारको कुनैपनि प्रहरी संगठनले वा अनुसन्धानमा संलग्न कुनैपनि निकायहरुले यस्तो गर्न सक्दैनन्, यो कसरी भयो ???? त्यो भिडियो प्रहरीको नियन्त्रणबाट बाहिर कसरी गयो? यसको जवाफ प्रहरीले मात्रै दिनसक्छ । अनुसन्धान विषयमा यो एक अन्तर्राष्ट्रिय प्रश्न हो।

नम्बर २ :  रबि लामिछानेलाई पत्र काटेर निश्चित घण्टाभित्र प्रहरीको कुनै पनि कार्यालयमा बोलाएको भए के हुन्थ्यो ? न्यूजरुममा काम गरिरहेको पत्रकारलाई त्यो पनि डेढ घण्टापछि प्रत्यक्ष कार्यक्रम प्रशारणको तयारीमा रहेको प्रस्तोतालाई टेलिभिजन स्टेशनमै गएर प क्राउगर्नुअघि प्रेस स्वतन्त्रताका अन्तराष्ट्रिय मान्यताहरुलाई किन भुल्नुभयो?

एक मित्रवत सम्वन्धका कारण एउटा आइजीपीलाई भन्दा पनि एक आत्मीय मित्रलाई सादर जानकारी गराएको हो । यसले तपाईंको अनुसन्धानलाई अझ गहिरिएर निश्कर्ष निकाल्न सघाउने आशा लिएको छु ।


ताजा समाचार