ताजा खबर
  

के हो नेपाल कम्युनिष्ट पार्टी भित्रको ‘नमस्कार’ ?

नेताहरु सुविधाभोगी र विलासी भए

काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टी नेकपाका संगठन विभाग प्रमुख एवम् पूर्व गृहमन्त्री वामदेव गौतमले नमस्कार गर्दा कसैलाई पनि अपमान नहुने भन्दै गौतमले नयाँ सभ्यताको सुरुवात गर्न आग्रह गर्नुभएको छ । गौतमले नेता, कार्यकतालाई एकले अर्काको अस्तित्वलाई बुझेर शिष्टाचारसहित नमस्कार गरेर एकअर्कालाई सम्मान गर्न आग्रह गर्नुभएको हो ।
नेता, कार्यकर्तासँगको अनौपचारिक भेटमा गौतमले मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेका अभियन्ताहरुले आफ्नो बानी, व्यवहारमा समेत परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । ‘जनताले ठूलो आशा र भरोसा गरेकाले हाम्रा व्यवहारहरुलाई नजिकबाट नियालिरहेका छन’ गौतमले भन्नुभयो ‘परिवर्तन सम्भव छ भन्ने विषयलाई अंगिकार गर्दै गौतमले आजैबाट आफैबाट ‘नमस्कारको थालनी गरौं’


जनअपेक्षा अनुसार काम गर्न र जनताको मन सजिलै जित्न आफ्नो बानीमा परिवर्तन ल्याउनु अहिलेको आवश्यकता रहेको नेकपाका नेताले जनाएका छन् । नेताहरु सुविधाभोगी र विलासी भए भन्ने निरासालाई चिर्नपनि मितव्ययितामा जोड दिनुपर्ने गौतमको भनाइ छ ।


ताजा समाचार