ताजा खबर
  

मृत्युको भिडियो सार्वजनिक गर्नेले रवीका कर्तुत सार्वजनिक गर्न सकेन ?

कृष्ण भट्टराई

काठमाण्डौं — पत्रकार शालिकराम पुडासैनी को मृत्युले अहिले नेपाल तातिएको छ । पुडासैनीको मृत्युको कारण हत्या की आत्महत्या ? यस बिषयमा चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ तर साउन २९ गते नेपाल आज नामक अनलाइन पत्रिकाले “शालिकरामलाई आत्महत्या गर्न यसरी बाध्य पारेका थिए रविले एक्स्क्लुसिभ भिडियोसहित” शिर्षकमा एउटा भिडियो सार्वजनिक गर्यो र त्यहि भिडियोका आधारमा प्रहरीले साउन ३० गते पत्रकार रवी लामिछाने र युवराज कडेललाई न्यूज २४ को कार्यालय बाटै पक्राउ गर्यो ।

लामिछानेको पक्राउ पछि अहिले नेपालीका सामाजिक सञ्जालका भित्ताहरु केबल रवि लामिछाने मात्र भरियको जस्तो देखिन्छ । सामाजिक सञ्जालमा स्पस्ट रुपमा तिन किसिमका बिचारहरु प्रस्पुठित भईरहेका छन् । एक पक्ष रबि लामिछानेको पक्राउबाट खुसी देखिन्छ जुन रवीको विरोधी पक्ष हो र यो पक्षले आफ्ना फेसबुकका भित्ताहरु मार्फत रवीलाई दोषि करार गरिसकेको छ, अर्को पक्ष छ जसले रवि को पक्राउलाई प्रहरी प्रशासनको गम्भिर त्रृटिका रुपमा व्याख्या गर्छ जुन रविका समर्थनकर्ता को पक्ष हो र यो पक्ष रवि लामिछानेले शत प्रतिशत गल्ती नगरेको तर्क गर्छ , सामानिक सञ्जालमा एउटा तेस्रो धार छ जसले रवि सहि गलत के भन्ने कुरा अनुसन्धान र छानवीनबाट पत्ता लाग्ला तर रवीलाई पक्राउ गरी अनुसन्धान गर्नु प्रहरीको कर्तव्य भएको निष्कर्ष निकाल्छन् ।

रवी लामिछाने वास्तवमा दोषी हुन् वा निर्दाेष हुन् भन्ने कुरा त प्रहरीको अनुसन्धान पछि मात्र पत्ता लाग्ला तर पनि जुन प्रमाण र अभियोगमा लामिछानेलाई पक्राउ गरिएको छ त्यसले भने जनतामा पक्कै पनि आशंका उत्पन्न गराएको छ । पुडासैनीले आत्महत्या गर्नुृ अघि रेकर्ड गरेको भनिएको भिडियौ हेर्दा सम्पादन गरिएको भिडियो हो भन्ने प्रष्ट हुन्छ । मृत्यु अघि रेकर्ड गरिएको भिडियो लाई सम्पादन गरी मिडीया सम्म कसले पुर्यायो त ? पुडासैनीको मृत्यूको कारण हत्या वा आत्महत्या भन्ने नै प्रहरीले निक्र्यौल गर्न नसकिरहेको अवस्थामा कसरी आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरियो त ?

अर्को कुरा पुडासैनीले आफुले आत्महत्या गर्नु अघि रेकर्ड गरेको भनिएको भिडियो सबै भन्दा पहिले प्रहरीको हात लाग्नु पर्ने होईन र ? यदि हो भने प्रहरीबाट त्यो भिडीयो मिडियाको हात सम्म कसरी पुग्यो ? कुनै पनि घटनाको प्रमाण त्यो घटनाको अनुसन्घान नसकिदासम्म गोप्य हुनु पर्ने होइन ? यदी सार्बजनीक नै गर्नु पर्ने भएमा पनि पत्रकार सम्मेलन मार्फत गर्नु पर्ने तर यो घटनामा कुनै एक विशेष मिडियाको हातमा मात्र पुग्यो ।

ल मानौ त्यो भिडियो प्रहरीको हात सम्म पुगेन प्रहरीको हात लाग्नु भन्दा पहिले नै मिडियाको हातमा पुग्नु कि त स्वयम पुडासैनीले नै नेपाल आजलाई दिएको ठहरिनु प¥यो हैन भने त्यो भिडियो नै अरु कसैले रेकर्ड गरेको हुनु प¥यो । आत्महत्या गर्नु अघि आफुले रेकर्ड गरेको भनेको भिडियो अरु मार्फत मिडीया सम्म पुग्न त सम्भव देखिदैन । त्यो भिडियो प्रहरी मार्फत मिडियामा नपुगेको भए सबै भन्दा पहिले अनुसन्धान त सार्वजनिक गर्ने मिडिया माथि नै हुनु पर्ने होइन र ? त्यो भिडियो कसरी नेपाल आज सम्म पुग्यो भन्ने बिषय यो प्रकरणको लागि एक महत्वपुर्ण पक्ष हो ।

भिडियो सम्पादन गरिएको हुन सक्छ ?

नेपाल आज मार्फत बाहिरीएको उक्त भिडियोमा पत्रकार पुडासैनीले आफुलाई रवी लगायत ३ जनाले आत्महत्या गर्न बाध्य बनाएको, ठुला व्यापारी ठेकदारहरुसंग लाखांै रुपैया असुल गर्ने गरेको आरोप लगाएका छन् यी सबै बिषय आफलाई थाहा भएकोले लामिछानेले पटक पटक आफलाई शारिरीक र मानसिक यातना दिने गरेको आरोप लगाएका छन् । एकातिर उक्त भिडियो मार्फत पुडासैनीले रवीले आफुलाई यातता दिएको भनिरहेका छन् तर अर्काे तिर आफु आत्महत्या गर्दा समेत आफ्नो फेसबुकको प्राफाईल र कभरबाट रवीको तस्विर हटाएका छैनन् ।
एकतिर भिडीया मार्फत रवीलाई भिलेनका रुपमा चित्रीत गरेका छन् तर उनको फेसबसक प्रोफाइल र भिडियोहरु हेर्दा संसारमा उनले सबै भन्दा मान्ने र श्रद्धा गर्ने व्यत्ति रवी नै भएको प्रमाणित हुन्छ । कोहि मानिसले आफलाई त्यती धेरै मानसिक र शारिरीक यातना दिईरहेको छ भने त्यही व्यक्तिको तस्बिर आफ्नो फेसबुकको प्रोफाइल र कभरमा राख्न सकिन्छ र ?
रवीले व्यक्तिगत रुपमा कसै संग पैसा असुले वा असुलेनन् त्यो हामीले यकिन भन्न सकिने कुरा पनि होइन र बिना प्रमाण कसैले आरोप मात्र लगाएका भरमा त्यो कुरालाई मान्न पनि सकिदैन जसरी भिडियोमा रवीका कर्तुतको आफुसंग प्रमाण भएको दावी गरेका छन् यदी प्रमाण छ भने त्यो प्रमाण किन सार्वजनिक गरिएन त भन्ने प्रश्न पनि रवीका समर्थकहरुले उठाइरहेका छन ? जसले उनको आत्महत्या गर्नुृ अघिको भिडियो सार्वजनिक गर्न सक्यो उसले किन रवीका कर्तुतहरु सार्वजनिक गर्न सकेन ?

भिडियोमा पुडासैनीले न्यून २४ मा आफ्नो व्यापार व्यवसाय छोडेर काम गर्न बाध्य पारिएको कुरा उल्लेख गरेका छन् तर सामान्य रुपमा सोच्दा पनि कोहि व्यक्तिले आफ्नो मासिक रुपमा एक डेढलाख कमाई हुने व्यवसाय छोडेर कसैको दबाबमा मासिक पन्ध्र हजारको जागिर गर्ला त ? जसरी पुडासैनीले भिडियोमा आफुले सिधा कुरा जनतासंग मा काम गर्दा आफुमाथि बेला बेलामा हातपात हुने गरेको र एकदमै तनावको अवस्थामा काम गरेको भनेका छन् तर पुडासैनीको फेसबुक हेर्दा उनले काममा एकदमै रमाएको हो कि भन्ने भान धेरैले गरेको पाईन्छ । अनि भिडियोमा जसलाई उनले कार्यालयमा बेलाबेलामा हातपात गरेको आरोप लगाएका छन् उसैलाई यो निर्णयमा पुग्नमा उनको कुनै दोष छैन भनेका छन् ।

भिडियोमा उनले भनेको कुरालाई आधार मान्ने हो भने उनको डिप्रेशनको कारण कामको लोड वा ती युवती मात्र जस्तो देखिदैन उक्त भिडियोमा पुडासैनीले आफ्नी श्रीमतीलाई सम्बोधन गर्दे आफुहरुबाट सन्तान हुन नसकेको र यसका बारेमा धेरैले प्रश्न गर्ने गरेको कुरा उल्लेख गरेका छन् जसले पनि उनलाई मानसिक तनाव दिईरहेको कुरा प्रष्ट हुन्छ । बैङ्कको लोन तिर्न नसक्नाले पनि उनलाई मानसिक पिडा भईरहेको कुरा भिडियोमा उल्लेख गरिएको छ ।

भिडियोे सत्य कि रवीलाई फसाउन ?

अर्को महत्वपुर्ण कुरा यो भिडियोमा कहि पनि पुडासैनीले आफुले आत्महत्या गर्ने र्निणय गरेको कुरा कहि कतै पनि उल्लेख गरेको पाईदैन । यो भिडियो बनाएर पुडासैनी कहि कतै भाग्न चाहान्थे की ? कुरा जे पनि हुन सक्छ । तर अहिले सामाजिक सञ्जालहरुमा हामी जसरी आफै वकिल र न्यायधिस भईरहेका छौ त्यो त्यक्ति युक्ति संगत देखिदैन । घटना जे पनि हुन सक्छ तर अनुसन्धानको दायरामा रहेको मुद्धालाई कसैको प्रभावमा पारेर कहि कसैमाथि पनि अन्याय हुन कदापी हुदैन । र दोषीले सजाय पाउनै पर्छ ।

विभिन्न सामाजिक सञ्जाल मार्फत पुडासैनी मृत्यु प्रकरणमा प्रहरीलाई जस्तो पनि सहयोग गर्न आफु तयार रहेको भनिरहदा छापामार शैलीमा कार्यक्रम प्रशारण हुनु पूर्व कार्यकक्ष प्रहरीको प्रवेश नेपाल सञ्चार जगतलाई किमार्थ सह्य विषय हुनुहुदैन । कुनै पनि घटनामा कसेको पनि नाम मुछिएपछि उ संग सोधपुछ र उ माथि छानवीन गर्नु न्यायको सामान्य सिद्धान्त नै हो । कतै हत्याराले एक तिरले दुई सिकार त गरिरहेको छैन ? मृतक पुडासैनीको शरिरमा देखिएका चोटहरुको बारेमा प्रहरीले पुडासैनीको मृत्युको कारण हत्या की आत्महत्या अनुसन्धानलाई त्यस तर्फ बढी केन्द्रित गर्नु पर्ने आवश्यकता छ ।

यदि पुडासैनीको मृत्युको कारण आत्महत्या नै रहेछ र उनको आत्महत्याका लागि रवीले दुरुत्साहन गरेका रैछन् भने उनलाई हदै सम्मको कारवाही हुन जनअपेक्षा नै हो जुन कानुनी राज्यको सर्वमान्यता हो । यदि उनको मृत्युको कारण आत्महत्या नभएर हत्या रहेछ भने हत्यारा जो कोहि भएता पनि उम्किन नपाओस् । अव उनका समर्थकहरु त्यस तर्फ चनाखो छन त ? स्व. पत्रकार पुडासैनीको परिवारलाई न्याय मिलोस र मृतकको आत्मा लाई शान्ति मिलोस् हार्दिक श्रद्धान्जली ।

प्रतिक्रियाको लागी : Bhattaraikrisu49@gmail.com

लेखक आमसञ्चार तथा पत्रकारीताका प्रध्यापक समेत हुनुहुन्छ ।


ताजा समाचार