राहत शिक्षककाे ब्यवस्थापन मुख्य मुद्दा

काेहलपुर माघ २४
अाउदै गरेकाे संघिय शिक्षा ऐनमा राहत शिक्षकलाई स्थाई ब्यबस्थापन गर्नुपर्ने बताएका छन।


नेपाल राहत शिक्षक काेहलपुर नगर समितिकाे भेलालाई सम्बाेधन गर्दै नेपाल राहत शिक्षक समितिका केन्द्रीय सह अध्यक्ष बिरेन्द्र कुमार मल्लले अब अाउने संघिय शिक्षा ऐनमा राहत शिक्षकलाई स्थाई ब्यवस्थापन गर्नुपर्नेमा जाेड दिएका हुन ।सह-अध्यक्ष मल्लले अाफुहरु नेपाल शिक्षक महासंघ संग सहकार्य गर्दै अगाडी बढेकाे बताए। शिक्षा ऐनमा अस्थायी शिक्षक सरह राहत शिक्षकलाई पनि अान्तरिक प्रतिस्पर्धा मार्फत स्थायी ब्यवस्थापन गर्नुपर्ने बताए।

भेलालाई सम्वाेधन गर्दै काेहलपुर नगर शिक्षा शाखाका प्रमुख अनन्त कुमार पाैड्यालले राहत शिक्षकले ऐन तथा नीति नियममा अाफ्ना कुरा लेखाउन लागिपर्ने सुझाव दिए।प्रमुख पाैड्यालले काेहलपुर नगरपालिकाले दरबन्दि मिलान कार्यबिधि पारित गरिसकेकाे र नगर शिक्षा ऐन पनि अाउने तयारीमा रहेकाे बताए।
कार्यक्रममा राहत शिक्षक समितिका केन्द्रीय सदस्य बिनाेद भट्टराई , प्रदेश अध्यक्ष राम प्रसाद चापागाई लगायतले मन्तब्य राखेका थिए ।
भेलाले निम प्रकाश थापाकाे अध्यक्षतामा ११ सदस्य रहेकाे राहत शिक्षक नगर समिति गठन गरेका छन । समितिका बरिष्ठ उपाध्यक्षमा रुकमपणी भुषाल, उपाध्यक्षमा शुष्मा थापा तथा धन बहादुर परियार , सचिवमा जनकराज उपाध्याय सह सचिव लक्ष्मण खड्का तथा काेषाध्यक्षमा जयन्ति गिरीलाई निर्बिराेध निर्वाचित गरेकाे राहत शिक्षक समितिका जिल्ला सचिव भिम खरेलले जानकारी दिए।

सम्बन्धित समाचार