घट्ने भाे आँपकाे उत्पादन!

काेहलपुुर चैत्र ३, २०७६


शनिवार राति परेको असिना पानीले बाँके, बर्दिया लगाएतका क्षेत्रमा अन्नवाली तथा फलफुल खेतीमा ठुलो क्षति पुर्याएको छ । हावाहुरी संगै परेको असिना पानीले गहुँ बाली, तरकारी तथा आँप, लिचि लगाएतका फलफुलमा ठुलाे क्षति पुर्याएको किसानहरुले बताएका छन् ।
शनिवार परेकाे असिनाकाे कारण बाँके बर्दिया लगायतका जिल्लामा आँपकाे फुल झारेकाे कारण उत्पादनमा कमी आउने बर्दिया माछागढका अनिल शर्माले बताए। याे बर्ष आँप ,लिचि लगाएतका फलफुलमा निकै बाक्लाे फुल लागेकाे थियाे।

असिना र हावाहुरीले काटेर भित्राउन लागेको गहुँ , तरकारीबाली र भर्खरै टिकोला बन्न लागेको आँपमा सबैभन्दा धेरै क्षती भएको किसानहरुले बताएका छन् ।

सम्बन्धित समाचार