कोरोना सन्त्रास

अनन्तकुमार पौड्याल

कता कता केही डर लागेजस्तो
कता कता केही हुन लागेजस्तो
मन उदास छ सबैको किन हो
कता कता मन रुन लागेजस्तो
‌++++++++++१++++++++++++
पद मान धनले गरयो के खोइ
तेरोमेरो बाजीले हात लाग्यो के खोइ
हुने नहुने सबै लकडाउन भित्र
खुट्टा तानेरै जान्थेऊ ऐले पायौ के खोई
++++++++++२++++++++++++
पृथ्वीको प्रलय हुन लागेजस्तो
विश्व नै विलय हुन लागेजस्तो
ओठ तालु सुकेको छ हामी सबैको
संसारले पराजय अब स्वीकारे जस्तो
++++++++++३++++++++++++
ख्याल ख्यालमै मानिस सोत्तर भा’छन्
जानेरै मानिस अटेरी भा’छन्
नदेखाउने भयो कोरोनाले करुणा
तर मन्छेले कुरा नबुझेझैँ गरयाछन् ।
++++++++++४++++++++++++
हाल कोहलपुर।


ताजा समाचार

error: Content is protected !!