मजदुर वर्ग लक्षित कोषमा संगीताद्वारा ११ हजार

काेहलपुर

काेहलपुर जेसिसका नि बर्तमान अध्यक्ष तथा काेहलपुर उधाेग बाणिज्य संघका सदस्य संगिता सुबेदीले मजदुर वर्ग लक्षित काेषमा रु ११ हजार रुपैयाँ प्रदान गर्नुहुने भएकाे छ ।

५ नं. प्रदेश संसद कृष्णा केसी (नमुना) को अगुवाइमा शुरु भएको सो कोषमा सुबेदीले थप गर्ने घोषणा गर्नु भएको हो ।

करोना भाइरस (कोभिड– १९) को संक्रमणलाई कम गर्न भनी गरिएको लकडाउनले दैनिक मजदुरी गरेर खाने बर्गहरु समस्यामा पर्ने भएपछि काष सो खडा गरिएको हाे।

संसद नमुनाले शुरु गरेको उक्त कोषमा सुबेदीले ११ हजार प्रदान गर्ने जानकारी गराउनु भएको हाे।

यस्तो परिस्थितिमा सुबेदीलेले गरिब परिवारलाई परेकाे समस्या समाधान गर्न थाेरै भएपनि सहयाेग पुगाेस भनेर अाफुले उक्त रकम प्रदान गर्न लागेकाे बताउनु भयाे।

सम्बन्धित समाचार