नेकपा बाँकेका नेता अब्दुलले गरे ६० हजार बराबरकाे खाद्यान्न सहयाेग

काेहलपुर, चैत्र २५

लकडाउनका कारण अार्थिक अभावका भई समस्यामा परेका काेहलपुर -४ का बिपन्न परिवारलाई नेकपा बाँकेका युवा नेता अब्दुल हुसेन खाँ तथा उनका भभाई साथी मेडिकल हलका संचालक माेहम्मद हुसेन खाँनद्धारा खाद्यान्न सहयोग गरेका छन ।
खाँनले कोहलपुर वडा न ४ का ८१ बिपन्न घर परिवारलाई रु ६०,०००/ बराबरकाे खाद्यान्न सहयोग गरेकाे बताए । उनले प्रति परिवार १७.५ किलोका दरले चामल बितरण गरेका हुन ।

खानले कोहलपुर ४ का अति बिपन्न समुदायका मानिसको गुजारा गर्न गाह्रो भएकोले आफुले व्यक्तिगत रुपमा सहयोग गरेको बताए । उनले महाबिपत्तिका समयमा राज्यको सहयोगले मात्रै नपुग्ने भएकाले अाफुले सहयोग गरेको गरेको जानकारी दिए ।अब्दुल का भाई तथा साथी मेडिकल हलका संचालक माेहम्मद हुसेन खाँनले कसैलाई खाद्य समस्या भएर समस्यामा परेमा त्यस्ता घरपरिवारलाई अाफुले सहयाेग गर्ने बताए।
राहात बितरण कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य जानुका क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार