ए. अखिल नेपाल शिक्षक संगठनले गर्याे अन्लाईन बैठक

काेहलपुर, चैत्र २६

एकीकृत अखिल नेपाल शिक्षक संगठनले अन्लाईन बैठक मंगलबार सम्पन्न भएकाे छ ।
संगठनले उपलब्ध केन्द्रीय पदाधिकारीकाे भिडियाे कल मार्फत अनलाईन बैठक सम्पन्न गरेकाे हाे।
बैठकले कोभिड १९ भाइरसका कारणले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा देखापरेको आर्थिक ,सामाजिक र मानबिय संकटलाई राष्ट्र अनकुल समाधान गर्न राज्यले अंगिकार गरेको निति नियमलाइ कार्यनयन गर्न शिक्षक – विद्यार्थी र अभिभावकलाई हरतरहले अनकुलतामा परिचालनगरि सहयोग गर्ने निर्णय गरेकाे संगठनका केन्द्रीय अध्यक्ष शंकर अधपकारीले जानकारी दिए। ।
बैठकले नेपाल शिक्षक महासङ ले अपिल गरेको १ दिनको तलबमान सहयोग अभियानलाई सफल पार्न नेपाल शिक्षक संघलाई पनि हातेमालो गर्न र एक द्वारा प्रणालीमा सहभागी हुन अनुराेध गरेकाे छ।साथै बिपत्तिको घडीमा संकटको परिक्षा पास गर्न सबै शिक्षक कर्मचारी लाई आह्वान गर्दै संगठनको प्रदेश ,जिल्ला समन्वय र स्थानीय कमिटीलाई पहल गर्न निर्देश दिने निर्णय गरेकाे अध्यक्ष अधिकारीले बताए।
बैठकले स्थगित SEE र ११/१२ को परिक्षालाई मध्य नजरगरी विद्यार्थी र अभिभावकसङ निरन्तर सम्पर्कमा रहनेसाथै परिक्षा तयारीमा NTV +2 मार्फत दिनको ११ बजे देखी ३ बजे सम्म प्रशारण हुने कक्षामा बिद्यार्थीहरुलाइ सहभागी हुन सहयोग गर्ने साथै नेपाल शिक्षक महासङले संचालन गरेको प्रदेश स्तरिय विषयगत हेल्पडेस्कमा विद्यार्थीहरुलाइ जोडने र ११/१२ को बिद्यार्थीहरुको लागी पनि सोही अनुसारको हेल्पडेस्क निर्माण गर्न नेपाल शिक्षक महासङ र हिस्टुन नेपाललाई अनुरोध गर्ने निर्णय गरेकाे छ। बैठकले एकता प्रक्रियामा सहज हुनेगरी सागठनिक गतिविधि संचालन गर्ने,एकता बिरोधि गतिविधिप्रती सचेत रहन पनि अनुराेध गरेकाे छ।
लकडाउनको अवधी लम्बिने अबस्थामा शिक्षा मन्त्रालयबाट संचालन हुने कक्षामा सहभागी हुन शिक्षक साथीहरूलाई प्राबिधिक क्षमता अभिबृदी गर्न संगठनले अन्लाईन बहस छलफल सन्चालन गर्ने बैठकले निर्णय गरेकाे छ। शिक्षा र स्वास्थ जनताको मौलिक अधिकार भएकोले यो संकटको घडीमा पनि मुनाफा मुखी कार्य र अमानवीय हर्कत देखाउने सस्थाहरु र मेडिकल माफियाहरुलाइ राज्यबाट अनुगमन ,निगमन र नियन्त्रण गर्न जोडदार माग गरेकाे संगठनका केन्द्रीय अध्यक्ष अधिकारीे जानकारी दिएका छन।


ताजा समाचार

error: Content is protected !!