प्रदेश पाँच प्रहरी प्रमुखमा डि.आई.जि.रबिन्द्र धानुक

काठमाण्डाै , ८ बैशाख २०७७

सरकारले सात वटै प्रदेशका प्रहरी नायव महानिरिक्षकहरुलाई प्रदेश प्रहरी प्रमुखकाे जिम्मेवारी सहित पदस्थान गरेकाे छ।
प्रहरी वरिष्ठ उपरीक्षक ( एस. एस.पी.)बाट प्रहरी नायव महानिरीक्षक ( डि.अाई. जि.)पदमा पदोन्नति भएका १० जना मध्ये ७ जनालाई प्रदेश प्रमुखको जिम्मेवारी सहित पदस्थापना गरेकाे हो । जसअनुसार प्रदेश ५ मा रविन्द्र धानुकलाई प्रहरी प्रमुखकाे जिम्मेवारी सहित पदस्थापन गरेकाे छ।
यसैगरी सरकारले प्रदेश १ मा ईश्वरबाबु कार्कीले जिम्मेवारी पाएका छन् भने प्रदेश २ मा धिरजप्रताप सिंहले जिम्मेवारी पाएका छन् । त्यस्तै बाग्मती प्रदेशमा वसन्त लामा पठाइएका छन् भने गण्डकी प्रदेशमा घनश्याम अर्याल लाई जिम्मेवारी ताेकेकाे छ । यसैगरी कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदीलाई प्रदेश प्रहरी प्रमुखकाे जिम्मेवारी दिएकाे छ । त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी० मा सहकुल बहादुर थापालाई खटाइएको छ भने अरुणकुमारी बिसीलाई अख्तियारमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले डि.अाई .जी. मा बढुवा भएका वरिष्ठ प्रहरी अधिकृतहरुलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

सम्बन्धित समाचार