अलपत्र परेका नगरबासीलाई उद्धार गर्दै मुगुकाे छायानाथ रारा नगरपालिका

काेहलपुर २०७७ बैशाख ९

सरकारले कोरोना भाईरस संक्रमण फैलिन नफैलियाेस भनेर लकडाउनका कारण जिल्ला बाहिर अलपत्र परेका नगरबासीलाई छायानाथ रारा नगरपालिकाले उद्घार गर्न थालेको छ ।
नगरपालिकाले भिभिन्न कनमले जिल्ला बाहिर गएका नगरबासी लगडाउनका कारण सुर्खेत , बाँके तथा काठमाडौ लगाएतका जिल्लाहरुमा अलपत्र परेको भन्दै उद्घार गर्न शुरु गरेकाे नगरपालिकाका प्रमुख हरीजंङ्ग शाहीले जनाएका छ
नगरबासी लकडाउनले गर्दा देशका विभिन्न स्थानमा अलपत्र परेकाे खबर आउन थालेपछि संघिय सरकार र प्रदेश सरकारको सहयाेगमा पास लिएर आफना नगरबासीलाई उद्घार गर्न लागेको नगरप्रमुख शाहीले बताएका छन।

यसरी उद्घार गरिने नगरबासीलाई कम्तिमा १४ दिन नगरपालिकाले निमार्ण गरेको क्वारेन्टाईन वा आफनै होम क्वारेन्टाईनमा बस्ने सर्तमा मात्र उद्धार गरिने पनि नगरपालिकाले जनाएको छ ।
लकडाउनकाे समय थप गरिएपछि समस्यामा परेका नगरबासीहरु काठमाडौ, नेपालगंज र सुर्खेत लगाएतका स्थानहरुबाट पैदल हिडेर घर अाउने प्रयास गरिरहेकाे र उनिहरु समस्यामा परेकाे खवर पाउने बित्तिकै अाबश्यक प्रक्रिया मिलाएर उद्दार गर्न थालिएकाे नगर प्रमुख शाहीले बताए। बाटाेमा समस्यामा परेका नागरिकलाई
प्रेम रोकाया ९८५८०८८८६४ नेपालगंज ,बाचया महतारा ९८६८०४१५००. चिसापानी , ऐन बहादुर शाही ९८५१२१४५२० काठमाडौं ,खड्ग बहादुर शाही ९८५११४२४९३ काठमाडौं, भूपेन्द्र मल्ल ९८६०१०५४६३. काठमाडौं, मा. चन्द्र चन्द्रबहादुर शाही ९८६१४६११३० काठमाडौं , मा. मोहन बानियाँ ९८४१४४४६३६ काठमाडौं ,सूकबिर बुढा ९८६५५७३३३२ नेपालगंज मा सम्पर्क गर्न समेत प्रमुख शाहीले अनुराेध गरृका छन।

सम्बन्धित समाचार