प्रधानमन्त्रीकाे सन्देश प्रस्ट छ

सुमन घिमिरे

बिश्व कोरोना भाइरस सङ लडिरहेको छ र यो बाट नेपाल पनि अछुतो छैन । करिब १ महिना नेपालमा पनि लकडाउन भैसकके अवस्था छ । तर अहिले भने अर्कै गफले बजार तताइरहेको अवस्था छ ।

प्रधानमन्त्री खड्ग प्रसाद ओलिले मन्त्रीपरिसद बाट पास गरेर रास्ट्रपति ले जारी गरेका दुई ओटा बिधेयक अहिले चर्चाको केन्द्रबिन्दु बन्न पुगेको छ । अन्य मुलुकको तुलनामा कोरोना बिरुद्दको लडाइमा सफल नै रहेको नेपाल सरकारले ल्यायेको बिधयक ले गर्दा केही मधेसवादी दल र सरकार कै नेतृत्व गरेको नेकपाका केही नेताहरु झस्केका छन । बिशेसगरी नेकपा अध्यक्ष प्रचण्ड अलि बडि तनाब मा देखियेका छन । उनले आफू निकट हरुलाइ राजधानी नछाड्न उर्दि पनि जारी गरेको अवस्था छ ।
बैशाख ८ गते जारी भयेका बिधेयक ले बिशेष गरि ३ ओटा सन्देश दिन खोजेको कुरा प्रस्ट बुझिन्छ ।

१ जारी गरियेको बिधेयकले आज भोलि नै पार्टी फुट्ने त हैन तर यस्ले के पि ओलिलाइ बलियो भने बनायेको पक्कै हो । समकालीन राजनितिका सबैभन्दा चतुर खेलाडी के .पि ओलिइतर को ब्यक्तिलाइ प्रधानमन्त्री बनाउने भन्ने बारेमा सोच्नै नस्कने बनाइदिये ।

२. पार्टी एकता बेला कहिले आलो पालो सरकार चलाउने सहमती भाको भनियेता पनि अहिले प्रचन्डले पार्टी र के पि ओलिले सरकार चलाउने भद्र सहमती भएतापनी दलका केन्द्रिय सदस्यको पावर सांसदमा रुपान्तरण गरेर प्रचण्ड को कार्यकारी अध्यक्ष को पावर बिधयक मार्फक के पि ओलिले आफ्नो हातमा लिएका छन ।

३ . हिजोको अत्यादेशबाट संशोधन गरिएको सम्वैधानिक निकायहरुको नियुक्तिमार्फत अख्तियारमा भागबण्डा योग्य ब्यक्तिहरु नियुक्ति गर्ने र निर्मम ढंगले ठुला भ्रष्टाचारका दोषीहरुलाई कारबाहीको दायरामा ल्यायेर ठुला माछाहरु पकड्ने योजना प्रधानमन्त्री को देखिन्छ ।

४ . २ नम्बर प्रदेश छोडेर बाकी रहेका सबै प्रदेशमा नेकपा को सरकार छ । हिजो ल्याइएका बिधेयक बाट स्पस्ट बुझ्न सकिन्छ अब मधेसम पनि नेकपा सरकार बन्न सक्ने देखिन्छ र यस्ले भुराजनितिमा बेग्लै प्रभाब पार्नेछ ।

५ बेलायत लगायत बिश्वका धेरै मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको बेवास्ता छ , नेपालमा भने हामी संसदिय ब्यवस्थामा छौ जस्मा हामिले प्रधानमन्त्री को अधिकार हरुलाइ खुम्चायेका छौ । हिजोको बिधेयक मार्फत प्रधानमन्त्री ले स्पस्ट सन्देस दिन खोजेको देखिन्छ , अब कसैले चाहेर यो सरकार ढल्दैन ५ बर्ष नै चल्छ ।

सम्बन्धित समाचार