नेपालगन्जकाे जमुनाह नाकाबाट २७ सय ३८ नेपाली भित्रिए

बाँके

नेपाल-भारत सिमा नाका बाँकेको जमुनाह नाकाबाट बुधबार बेलुकादेखी बिहिबार बिहानसम्म रातभरीमा २७ सय ३८ नेपाली नागरिक नेपाल प्रवेश गरेका छन ।

त्यसैगरी, नेपालतिर रहेका १४ सयभन्दा बढी
भारतिय नागरिकहरुलाई पनि भारततर्फ पठाइएको प्रहरीले जनाएको छ ।

भारतका विभिन्न ठाउँबाट आएका ५ नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदुरपस्चिम प्रदेशका समेत विभिन्न जिल्लाका गरेर रातभरीमा २७ सय ३८ नेपाली नागरिक जमुनाह नाकाटबाट प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

भारतबाट आएका ती नागरिकहरुलाई बुधबार राती र बिहिबार बिहान गरि ६९ वटा बस मार्फत सम्बन्धित जिल्ला र बाँकेका सम्बन्धित पालिकामा पठाइएको सिंहले जानकारी दिए ।

बुधबार बेलुका भारतिय सुरक्षा निकायबाट नेपाल प्रवेश गर्ने १३ सय २५ नेपाली नागरिकको नामावली आएपनी बिहिबार बिहानसम्म उताबाट नेपाल आउने क्रम जारी रहेपछी ती सबै गरि २७ सय ३८ नागरिकलाई प्रवेश गराइएको सिंहले जानकारी दिए ।

यसरी नेपाल प्रवेश गरेका नेपाली नागरिकहरुलाई सम्बन्धित जिल्लाका प्रशासन प्रमुखहरुलाई आ-आफ्ना जिल्लाका पालिकामा नेपाल सरकारको क्वारेन्टाइन मापदण्ड अनुसार सबैलाई बसाली स्वास्थ्य चेकजाँच गरेपछी मात्र घर पठाउन आग्रह गरिएको जानकारी सहितको पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रजिअ हरी प्याकुरेलले जानकारी दिए ।

भारतका विभिन्न ठाउँमा रोजगारीकालागि गएका नेपालीहरू अहिले विभिन्न नाका हुँदै धमाधम स्वदेश फर्किरहेका छन । आफुले कामगर्ने उद्योग, होटेल, कलकारखाना लगायत बन्द भएपछी अहिले नेपाल भित्रीने नेपालीहरुको चाँप बढ्दै गएको छ ।
काचुली खवर बाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार