अझै नखुलेको हाम्रो चेत

बाबुराम अधिकारी

कोरोना भाइरसका कारण विश्वनै ठप्प भएको पाचौ महिनामा चलिरहेको छ । यो महामारी रोकिने कुनै संकेत देखिएको छैन । हामी नेपालीहरु पनि बिगत दुइ महिनादेखी बन्दा बन्दीको अवस्थामा छौ । सम्पुर्ण क्षेत्र ठप्प छ अर्थतन्त्रका सबै क्षेत्र बन्द छन विधालय तथा विश्व विधालय तहका परिक्षाहरु रोकिएका छन । लाखौँ विधार्थीहरु घरमा बन्दी जिवन बिताउन बाध्य छन । नेपालमा पनि कोरोनाको प्रभाव तिव्र गतिमा वृदी भइहेको छ । यसको प्रभाव घड वटा जिल्लामा फैलिसकेको छ । हाल सम्म ४५३ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने ३ जनाको दुखनद मृत्यु समेत भइ सकेको छ । नेपाल सरकारले बन्दा बन्दीको घषणा गरि जनताले अनुशासन पुर्वक पालना गरेका नियमले केहि हद सम्म कोरोना भाइरसलाइ नेपालमा फैलन गरेको नियन्त्रणको प्रयासमा हालैका दिनहरुमा समस्या देखिएको छ ।
नेपालमा महामारी नियन्त्रणमा ठुलो चुनौतीको रुपमा लिइएको भारत सँगको खुला सिमाना नै नेपालमा कोरोना नियन्त्रणमा अवरोधको रुपमा देखापरेको छ । नेपालका सबै जिल्ला र स्थानिय तहबाट रोजगारीका लागी भारतका विभिन्न स्थानमा गएका नेपालीको संख्या दसौँ लाख रहेको छ । नेपालीहरु रहरले विदेशिएका होइनन् वाध्यताले हो । अहिलेको महामारीको समयमा भारतमा रहेका नेपालीहरु स्वदेश आउन चाहनु स्वभाविक हो । भारतले आन्तरिक रुपमा रेल सेवा संचालन गरेपछी भारत बाट नेपाल आउने नेपालीको संख्या वृदी हुँदा नेपालका गाउँहरुमा कोरोना संक्रमण को सम्भावना बढेर जाने निश्चित छ । संघिय सरकारले प्रदेश र स्थानिय सरकारलाइ प्रयाप्त स्रोत तथा अधिकार सहित भारत बाट नेपाल आउने नेपालीहरुलाइ समाजमा घुलमिल गर्न भन्दा पहिला क्वारेन्टाइनमा राख्नकोलागी कृयाशिल बनाउन पर्दछ । स्थानिय सरकारले भारतबाट आउने नेपालीहरुको व्यवस्थापनकालागी गरेका प्रयासमा स्थानिय व्यक्तिको नाममा अवरोध गर्नुले सभ्य समाजलाइ सामान्य मानवियताको भावनाको समेत खडेरी परेको देखिएको छ । आज महिनौ पछी समेत कोरोना महामारीको बुझाइमानै हाम्रो कमजोरी देखिएको छ । हामि सबै कोरोना बाट बच्नेहो भने स्थानिय सरकार नेपाली जनता र समुदायले साझा प्रयास गर्नु पर्दछ । म एक्लै शुरक्षित हुन्छु भन्ने स्वर्थी भावना राखेर हाम्रा गतिविधी अगाडी बढायौँ भने हामि कसैगरी कोरोना बाट शुरक्षित बन्न सक्दैनौ । आज विश्वका शक्तिशाली देशहरुले कोरोनाको सामुन्ने आत्मसमर्पण गरिरहेको बेला हाम्रो साझा र इमान्दार प्रयत्न विना कोरोना बाट बाँच्न खोज्नु भनेको जानी जानी भिर बाट हाम फाल्नु सरह नै हो ।
हामीले सिमित साधन र स्रोतको प्रयोग गरि एकता बद्ध प्रयास बाट कोरोना बाट नेपाल र नेपाली लाइ बचाउन सबैको इमान्दार प्रयत्न आवश्यक छ । यसका लागी तपसिलका प्रयासहरु गर्न आवश्यक छ ।
स्वार्थी नबनौ ः नेपालीहरु सहयोगी र सामुदायिक एकता देखाउने भनेर चिनिन्छौ । हामिले पाहुनालाइ समेत भगवानको दर्जा दिएर सत्कार र सहयोग गर्ने नेपाली लाइ आज बाध्यताले प्रवाशमा रोजगारीमा गएका हाम्रै दाजुभाइलाइ कसरी शत्रुको व्यवहार गर्न सक्दछौ । आज सम्म परदेशमा कठिन परिवेशमा बसेर नेपालको सिमानामा प्रवेश गर्दा उनीहरुको मनमा कति खुसी र गर्व भएहोला । आज आफ्नै गाऊँमा उनिहरुलाइ राख्ने क्वारेन्टाइन बनाउने सवालमा छोइछिटोको भावना प्रकट गर्नु हामि नेपालीलाइ सोभा दिदैन र मानविय पनि हुँदैन । हो शुरक्षाको दृष्टिले सचेत बन्नु पर्दछ तर सबैले मेरो नजिक बस्न दिदैन भन्ने हो भने मानिस नभएको ठाउँ खोज्न कहाँ जाने ? हालैका दिनमा कोहलपुर नगर भित्रका केहि स्थानमा क्वारेन्टाइन बनाउने सवालमा भएका विरोधहरु कोरोना भाइरसको प्रकृती नबुझेर भएका हुन भने यसको बारेमा बुझाउनु हामि सबैको दायित्व हो । होइन नियतबस गरिएका हुन भने अपराध तथा गैर मानविय कृयाकलापहरु हुन त्यसकार्यमा नेतृत्व गर्ने व्यक्ति पहिचान गरि कार्वाही गर्नु पर्दछ । यो अमानविय प्रवृती कोरोना भाइरस भन्दा वढी खतरनाक छ नेपाली समाजका लागी
अनुशासनको पालना गरौँ ः
कोरोना भाइसरको उत्पती भएको देश चीन आज यसमा नियन्त्रण पाइसकेको अवस्थामा छ । विश्व कोरोना सँग लाडिरहदा चीनले कडा अनुशासनको पालना गरी कोरोना विरुद्ध सफलता पाएको हो । भारत बाट आउने व्यक्तिहरुले समेत समाज प्रतीको जिम्मेवारी महसुस गरि क्वारेन्टाइनमा नियम अनुसार बसेर अनुशासनको पालना गर्नुर् आवश्यक छ । नेपालमा बन्दाबन्दि घोषणा लगतै रुपहिडिहा नाकाबाट प्रवेश गरेका व्यक्तिहरु नेपालगंजको महेन्द्र क्याम्पसको क्वरेन्टाइन बाट भागेको घटनाले हाम्रो अनुशासनको विषय गम्भिर बनाएको छ । तसर्थ भारत बाट आउने नेपाली दाजु भाइ दिदि बहिनीहरुको जिम्मेवार तथा अनुशासित व्यवहारले तपाइ आफ्नो परिवार समुदायलाइ शुरक्षित बनाउन सक्नु हुन्छ ।
स्थानिय सरकारले झारा टार्नेकाम नगरोस :-
नेपालमा स्थानिय सरकार अहिले कोरोना नियन्त्रण तथा राहात वितरणमा अग्र मोर्चामा खटिएर काम गरेको छ । क्वरेन्टाइन व्यवस्थापन गर्दा न्युनतम सुविधाहरुको व्यवस्था गर्ने कुरामा सचेत बन्नु पर्दछ । मानिस बस्नको लागी चाहिने न्युनतम सुबिधा तथा स्वास्थको न्युनतम व्यवस्था गर्नु पर्दछ । क्वारेन्टाइनमा बसेका मानिसहरुलाइ अपराधिलाइ जस्तो व्यवहार कदापी नगरियोस । क्वरेन्टाइनमा बसेका मानिसहरु अन्य सामान्य स्वास्थ समस्याले ज्यान गुमाउने अवस्था आउनु हुँदैन । अव वर्षा याम शुरु हुँदै छ तराइ क्षेत्रमा सर्पको जोखिमलाइ समेत ख्याल गरिनु फर्दंछ ।
बढ्दो संक्रमण र आइसोलेसनको समस्या:-
कोरोना संत्रमण देखिए पछि स्वास्थ निगरानिको लागी छुट्टै वेडमा राख्ने व्यवस्थालाइ आइसोलेसन भनिने हुँदा आइसोलेसनको लागी जिल्लामा रहेका स्वस्थ सस्थामा नै व्यवस्थापन गर्दा उचित होला । यदि संक्रमितको संख्या बढि भएमा सामान्य अवस्थाका व्यक्तिहरु राख्नको लागी खाली रहेका होटलहरुको प्रयोग गर्दा आइसोलेसन व्यवस्थापनमा सहजता होला ।
आज विश्व कोरोना सँग लडिरहेको अवस्थामा हामि मेरो नजीक क्वारेन्टाइन बनाउन दिन्न भनेर आन्दोलनमा उत्रनु लज्जाको विषय हो । यस भाइरस बाट एक्लै शुरक्षितहुन सकिदैन । सजगता अपनाउने सवालमा कहिकतै चुक हुन दिनु हुँदैन । भाइरस हावामा सर्दैन तसर्थ क्वारेन्टाइनको विरोध होइन व्यवस्थापनमा स्थानिय सरकारलाइ सहयोग गरि नेपालीको स्वभाविक पहिचान प्रस्तुत गरौँ । कोरोना बाट आफु बचौँ र अरुलाइ पनि बचाऔँ ।

शिक्षक
प्रभात नमुना माध्यामिकविधालय
, बैजनाथ ४ जि गाउँ


ताजा समाचार

error: Content is protected !!