सन्चाे भएर घर फर्किए बाँकेका २१ जना काेराेना संक्रमित

खजुरा

तस्विर:- सामाजिक संन्जाल

बाँकेका २१ जना कोरोना संक्रमित निकाे भएर फर्किएका छन
बाँकेका २१ जना कोरोना संक्रमित व्यक्तिहरुकाे रिपाेर्ट नेगेटिभ देखिएपछि उनिहरु अस्पताल बाट डिस्चार्ज भएर घर फर्केका हुन।

गत बैशाख १९ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा संक्रमित पाइएका बाँकेका पहिलो संक्रमित व्यक्ती ६० वर्षिय पुरुष सहित २१ जनाले शुक्रबार डिस्चार्ज भएका हुन।उनिहरु २१ र २२ दिनको अस्पतालमा बसीआज घर फर्किएका छन।
उनिहरुलाई भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले फुल र खादा लगाएर अस्पतालबाट बिदाई गरेका थिए । थापाले उनिहरुलाई कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

‘बाँकेका पहिलो कोरोना संक्रमित बाँके नेपालगन्जका २१ जनालाई सुशील कोइराला कोरोना बिशेष अस्पतालमा राखिएकाे थियाेे। उनीहरुलाई १४ दिन होम क्वारेन्टाइनमा बस्ने शर्त सहितको कागज गरि पठाइएको अस्पताल श्राेतले जानकारी दिएकाे छ।

पहिलो संक्रमित व्यक्तिको तेश्रो पटक र बाँकी २० जनाको दोश्रो पटकको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ देखिएपछी उनिहरुलाई आज अस्पताल बाट डिस्चार्ज गरि घर पठाइएकाे बताइएकाे छ ।

गत बैशाख १९ गते ती ६० वर्षिय व्यक्तिमा कोरोना पुष्टि भएसङ्गै कन्ट्याक्ट ट्रेसिङका आधारमा बैशाख २० गते ९० जनाको स्वाब संकलन गरि परिक्षण गर्दा उनिहरु मध्ये २४ जनामा कोरोना पुष्टि भएको थियो ।
काृराेना संक्रमित अन्य ४ जना भने अझै अस्पतालमनै छन।

सम्बन्धित समाचार