थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४

बाँकेमा २७ र बर्दियामा १ जना थपिए

काेहलपुर
थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताए । बैतडीमा ४ जना, झापामा १, बाकेमा २७, बर्दियामा १, सुर्खेतमा ३ जना गरी ३६ जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । संक्रमितको संख्या ५८४ पुगेको छ ।

कोरोना संक्रमण देखिनेमा कोरोना निको हुनेको संख्या ७० पुगेको छ । कोरोना संक्रमण देखिने जिल्ला ४० पुगेको छ । मन्त्रालयका अनुसार आइसोलेसनमा ५०७ जना छन् । सातै प्रदेशका क्वारेन्टाइनमा ३२ हजार ५८७ जना रहेका छन्


ताजा समाचार

error: Content is protected !!