सरकार, क्वारेन्टाइन ब्यवस्थित बनाेस

प्रिया विनु घले

अहिले यो महामारीको रुपमा फैलिएको covid-19 जसले गर्दा बिश्व विषम परिस्थितीमा गुर्जनु परेको छ । यो महामारीको चपेटामा हाम्रो जस्तो बिकासोन्मुख देश नेपालकाे पनि परिस्थिती जटिल र चिन्ता जनक बन्दै गहीरहेकाे छ। लकडाउन शुरु भएको केही दिन सम्म सामान्य जस्ताे देखिए पनि जब जब लकडाउनको दिनहरु थपिदै गयो तब तब संक्रमणले झनै आक्रमण गर्दैछ यसको मुल कारण सरकारको व्यबस्थापन फितलो हुनुका साथै स्वयंम संक्रमित व्यक्ति ले लापर्बाही गर्नु हो जस्तो लाग्छ। आजभोली झन छिमेकी राष्ट्रले त्यहाँ कार्यरत नेपालीहरुलाई सिमानामा अनियन्त्रित रुपमा छोडी दिनु र नेपालीहरु असुरक्षीत रुपमा चेक जाँच विना परिवार,समाजमा घुलमिल हुनु प्रमुख संक्रमणको संख्या बढ्नु को कारण बनेको छ। बिगत 2/4दिन देखी भारत बाट नेपाल भित्रनेहरुको ओईरो नै छ र स्थानिय सरकारले आ-आफ्नो स्थानीय निकायको उचित ठाउँमा क्वारेनटाइनको व्यबस्था गरेको छ यो खुशीको कुरा हो। तर क्वारेनटाईन बनाएर भेडा बाख्रा कोचेको जस्तो राखेर त संक्रमण घट्ने होईन बढ्ने नै हो।भारत देखी आएका सबैमा संक्रमण हुन सक्दैन तर अव्यबस्थित बसाई भयो भने पक्कै यो संक्रमण झन जटिल नहाेला भन्न सकिन्न। हिजो सुर्खेतको बिरेन्द्रनगरको क्वारेनटाइनमा बसेका केही व्यक्ति पर्खाल नाघेर सुर्ती,गुटखा जस्ता सुर्ती जन्य बस्तु किन्न गएको भन्ने कुरा पनी सुनीयो यसो गर्दा संक्रमण बढ्छ या घट्छ क्वारेनटाइन मा बस्ने र त्यो क्वारेनटाइनको व्यबस्थापन गर्ने दुवै पक्षको कमजोरी होईनर? त्यसैले समाज ,व्यक्ति, प्रशासन र सरकार सबैले गहन रुपले सोच्नु पर्छ नै अस्ती देखी शुरु भएको सुर्खेत को सिम्ता गा. पा. को क्वारेनटाईन पनी अव्यबस्थित भएको भन्ने सुन्दा खतराको घन्टि चांडै बज्ने त हैन सिम्तामा पनी भन्ने त्रास बढेको छ कतीको भनाई त बरु सहर सुरक्षीत थीयो र छ भन्ने पनी गुनासो आयो यस प्रती सिम्ता सरकार,बुद्विजिवी,युवा ,जनप्रतीनीधी र स्थानीय जान्ने मान्नेहरुको ध्यान जाओस भन्न चाहान्छु र हामीले गर्न सक्ने सहयोग अवस्य मिल्ने छ। त्यसैले क्वारेनटाईन कसरी व्यबस्थित गर्ने,कसरी त्यहाँ रहेका व्यक्ति बाट सामाजीक दुरी राख्ने,कसरी सामाजीक दुरी कायम गरी स्थानीय व्यक्तित्वहरुले सहयोग गर्ने यस प्रती सिम्ता सरकार सिम्ता बासीलेले बेलैमा साेच्न जरुरी छ।
सुरक्षित बनौं ,बचौं र बचाउ
हाल:-सिम्ता गा . पा. वडा नं: 2 चोल्पा


ताजा समाचार

error: Content is protected !!