बर्दियाकाे माछागढका २५ बर्षिय युवामा काेराेना पुष्टि

बर्दिया

बर्दिया बाँसगढि नगरपालिका वडा न-९, माछागढमा पनि १ जनालाई काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४ जना र बर्दियाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानका का .मु रजिस्ट्रार कैलाशप्रसाद देवका अनुसार बर्दियाको बासगढी नगरपालिका-९ का २५ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
याे संगै बाँसगढी न पा वडा न ९- माछागढमा विशेष सतर्कता अपनाइएकाे वडा अध्यक्ष जय बहादुर चन्दले बताए।
त्यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिका-५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको रजिस्ट्रार देवले जानकारी दिए ।


ताजा समाचार

error: Content is protected !!