बाँकेकाे नयाँ प्र.जि.अ.मा कुरुम्बाङ्ग

काेहलपुर

बाँकेकाे प्रमुख जिल्ला अधिकारीमा रामबहादुर कुरुम्बाङ्ग आउने भएका छन।
उनी स्याङ्जा जिल्लाबाट बाँकेमा सरुवा भएका हुन। गृह मन्त्रालयले कुरुम्बाङ्गलाई बाँके जिल्लामा सरुवा गरेकाे उनले आफ्नाे ब्यक्तिगत फेसबुक मार्फत जानकारी दिएका छन।
कुरुम्बाङ्ग देशभरीमा नै उत्कृष्ट प्रशासककाे रुपमा चिनिन्छन। बर्दियाकाे प्रमुख जिल्ला अधिकारी रहदा कुरुम्बाङ्ग ‘इन्टिग्रेटी आइडल २०१८’ मा प्रथम समेत बनेका थिए । निजामती कर्मचारीहरुलाई प्रदान गरिने सम्मानका लागि छनौट भएका उनि पाँचजना प्रतिष्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।

सम्बन्धित समाचार