पेशागत संस्था “SOSON” काे बाँके शाखा गठन

काेहलपुर

सामाजिक अध्ययन विषयका विधालयदेखी विश्व विधालय सम्मका शिक्षक अनुसन्धान कर्ता र विज्ञ हरुको पेशागत सस्था सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल(Studies and Research Society Nepal )SOSON को बाँके शाखाको गठन केन्द्रीय अध्यक्ष महेन्द्र विष्ट र शाखा विस्तार संयोजक दामोदर न्यौपानेको उपस्थिती रहेको जुम बैठकमा आज सम्पन्न भयो । प्रभात नमुना मा. वि. जि.गाउँ का शिक्षक बाबुराम अधिकारीको अध्यक्षता मा गठन भएको नौ सदस्यिय समितीमा उपाध्यक्ष्मा जनकल्याण मा. वि. खजुराका सम्झना के सी , सचिवमा सहिद स्मारक मा. वि. डुडुवाका पुरुषोत्तम खनाल र कोषाध्यक्षमा आदर्श मा. वि. राझा नेपाल गंजका नोखीराम शर्मा हुनुहुन्छ भने सदस्यहरुमा लक्ष्मी मा. वि. मदुईका केदारमणी ढकाल, मंगल मा.वि.का सुस्मिता शर्मा, योगिनी मा. वि का प्रेम खनाल, सगरमाथा ज्ञानपुञ्ज मा.वि. कोहलपुरका निम प्रकाश थापा र ने.रा. मा.वि. टिटिहिरियाका नैनसरा जैसी हुनुन्छ । समितीका सल्लाहकार हरुमा रुद्र बहादुर डाँगी, कृपाराम वर्मा, सुमित्रा न्यौपाने, गिता ढकाल लगायत रहनु भएको छ ।
नव नियुक अध्यक्ष बाबुराम अधिकारीका अनुसार आगामी दिनमा बाँके जिल्लामा रहेका सामाजिक अध्ययन विषयका शिक्षकलाइ सिक्ने र सिकाउने एउटै थलो निर्माण गरि केन्द्र संगको सहयोग र सहकार्यमा पेशागत विकासमा सकृयता पुर्वक कार्य गर्न यो समिती लाग्ने छ । जिल्लामा सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालको सदस्यता बृदि गरी अधिवेशन गरिने समाजका नवनियुक्त अध्यक्ष अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार