भेरी अस्पतालकाे अध्यक्षमा धिताल

नेपालगञ्ज

भेरी अस्पताल नेपालगञ्जको अध्यक्षमा युवा नेता प्रमोद धिताल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्री स्तरीय निर्णय गरि धिताललाई तीनवर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गर्नुभएको हो । मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको पत्र बुधबार प्राप्त गरेको धितालले बताउनुभयो । कानुन ब्यवसायी पृष्ठभूमिका धिताल नेकपा एमालेको उपसचिव हुँदै हाल नेकपा बाँकेको कार्यालय सदस्य हुनुहुन्छ । विद्यार्थी राजनीति हुदैं करिब चारदशकदेखि कम्युनिष्ट राजनीतिमा क्रियाशिल धिताल मव क्याम्पस नेपालगञ्जका पुर्व स्ववियु सभापति समेत हुनुहुन्छ । धितालले अध्यक्षमा नियुक्त भएपछि अस्पतालका सुधारका लागि आफनो तर्फबाट पहल गर्ने बताउनुभएको छ ।
लाेकप्रिय न्युजबाट


ताजा समाचार

error: Content is protected !!