धानको बिउ कसरी राख्ने ? (प्राविधिक जानकारी )



भुवन बोहरा
कृषि प्रशिक्षक

परिचय
धान नेपालको एक महत्वपूर्ण खाद्यान्न वाली हो । उत्पादनको हिसावले होस अथवा लगाउने भुभागको हिसाबले यो सबैभन्दा प्रमुख बाली हो । धान सँसारको ६०% भन्दा बढि जनसंख्याको लागि मुख्य खाद्यन्न बालीको रुपमा प्रयोग भै रहेको छ । संसारको करिब ९४% भन्दा बढि धान ५२ देशहरुमा उत्पादन गरिन्छ । विशेष गरी धान दुई मौसममा लगाएको पाईन्छ (चैते र वर्षे) । कतै कतै हिउदमा पनि लगाइन्छ जसलाई हामी बोरो धान भन्छौ । धान उत्पादन वृदिलाई हामी बोरो धान भन्छौ । धान उत्पादन वृद्दि गर्नको लागि विशेष गरी बिउमा धेरै ध्यान दिनुपर्छ ।राम्रो बिउ प्रयोग गरिएमा त्यसबाट उत्पादन हुने विरुवा र दाना पनि स्वस्थ हन्छ ।
धेरै जसो किसानहरुले परम्परागत तरिकाले बिउ राख्नाले धेरै रोग किराको आक्रमण हुनको साथै बृद्दि विकास नभएको र फलरुवरुप उत्पादन नै मेहनत अनुसार नभएको पाईन्छ ।
धानको बिउ राख्दा ध्यानदिनु पर्ने कुराहरु
१ बिउको छनौट: यो सबै भन्दा महत्वपूर्ण पक्ष हो । बिउको गुण उमार शक्ति संग घनिष्ट सम्बन्ध रहेको छ । राम्रो बिउ छनौट गर्दा निन्न कुराहरुमा ध्यानदिनु पर्छ ।
(उन्नत जातको बिउ छनौट गर्ने
(पूर्णरुपमा जातिय शुद्दता भएको
(लगाउने ठाउँको हावापानी सुहाउदो जात छनौट गर्ने
(बिउ छनौट गर्दा राम्रो , ठुलो दाना भएको , रोग नलागेको , किराले नखाएको र झारपातको बिउ नमिसिएको हुनुपर्छ ।
२ बिउ बाहेक अरु कुरा हटाउने : यस अन्तरर्गत हामीले बिउमा भएको धुलो किराले खाएको दाना पपटा , हलुका भएका दाना जसको उमार शक्ति कम हुन्छ यस्ता बुस्त हटाउने काम गरिन्छ । यसको लागि नुन पानीको प्रयोग गरिन्छ । नुन पानीको घनत्व साधारण पानीको भन्दा बढि हुन्छ जसले गर्दा यस्ता बुस्तहरु सजिलै पानीको माथि उत्रिन्छन जसलाई हामी सजिलै हटाउन सक्छौ । जुन बिउ पानीको पिधमा थिग्रिन्छ त्यो बिउ स्वस्थ मानिन्छ । नुन पानी बनाउनका लागि सामान्यतया
लिटरपानीमा ७४० देखि १००० ग्राम नुन घोल्नु पर्दछ । नुन पानी बनाउदा कुखुराको अण्डाले जाँच गर्नृृुपर्दछ । साधारण पानीमा अण्डा डुब्ने हुन्छ भने नुन पानीमा अण्डा उत्रिन्छ ।
३ बिउको उपचार : बिउ उपचार गर्दा सबै भन्दा पहिला बिउ लाइ ८ देखि १० घण्टा राम्रो सफा पानीमा भिजाउनुपर्छ यसरी भिजाउदा भ्रुणलाई सक्रिय बनाउनुका साथै बाहिरी आवरणलाई कमलो बनाउदछ । अब बिउबाट प्रसार हुने ढुसीबाट लाग्ने रोगको रोकथाम गर्न ऋबचदझलमबशष् नामक बिसादीले बिउलाई उपचार गर्नुपर्छ । यसका लागि २ दखि ५ ग्राम प्रतिकिलो बिउका दरले उपचार गर्नुपर्छ । यसरी उपचार गरेपछि सबै बिउलाई एउटा जुटको बोरामा हालेर घाम नपर्ने ठाँउमा करिव २५ देखि ५८ घण्टा राख्नुपर्दछ ।
५ जग्गाको छनौट र तयारी : सामान्यतया धानको बिउ राख्न पारिलो घाम लाग्ने , उर्बर माटो भएको ,सिचाई सुविधा नजिक भएको चरा , किरा अन्य कुराको नियमित अनुगमन गर्ने मिल्ने ठाँउको छनौट गनुपर्छ । जग्गाको तयारी गर्दा एक महिना अगाडी गहिरो जोत्नुपर्दछ जसलेगर्दा रोग तथा किराको लार्भा, ढुसी आदी मर्दछन ।यसरी जोतिएको ठाँउमा राम्रोसँग पाकेको गोबर मल , कम्पोष्ट र अन्य जैबिक मल समानुपातिक रुपमा हाल्नुपर्छ । जैविक मलको साथै रासायनिक मलमा डिएपी , पोटास जिङक ,आदी हालेर राम्रोसंग जोत्नुपर्दछ । यहाँ युरिया पहिले नै हाल्दा खासै राम्रो हुदैन किनकि यो माटो बाट हराएर जान्छ तसर्थ युरिया बिउ उम्रिरेको करिब ७ देखि १० दिन पछि हाल्नु उपयुक्त मानिन्छ । यसरी मल हालेपछि राम्रोसंग माटो मसिनो हुने गरी २ देखि ३ पटक जोत्नुपदर्छ ।

धानको ब्याडहरु
१। धुले (सुख्खा ब्याड): धुले ब्याड पानी कम भएको ठाँउमा उफयुत हुन्छ । तयार गरिएको जग्गामा १ मिटर चौडाई हुने गरी लम्बाई चाहि आवश्यकता अनुसार जमिनको सतहबाट करिब १० दखि १४ सेन्टीमिटर अग्लो ब्याड बनाउनुपर्छ । यसरी ब्याड बनाउदा पानी हाल्न , झाड गोडन रोग किराको नियन्त्रण गर्न तथा अरु धेरै काम गर्न सजिलो हुन्छ । ब्याडमा टुसाएको बिउ राम्रोसंग बाक्लो हुने गरी छनुपर्छ र १ इन्च माटोले राम्रोसंग ढाक्नुपर्छ । यसरी तयार पारेको बिउ करिब १४ देखि २१ दिन सम्म रोप्नको लागि तयार हुन्छ ।
२। हिले ब्याडस् हिले ब्याड सिचाइ प्रसस्त भएको ठाँउमा हुनुपर्छ । यो ब्याड तयार गर्दा जमिनमा सिचाई गर्ने, जोत्ने , मल राख्ने ,हिल्याउने र समतल ब्याड तयार गर्ने कार्य गरिन्छ । यसमा आवश्यकता अनुसारको ब्याड बनाई बिउ छरिन्छ । हिले ब्याडमा बिउ भिजाए्र पनि छर्न सकिन्छ । तयार गरिएको ब्याडमा २ देखि ३ सेन्टीमिटर पानी राख्नुपर्दछ । हिले ब्याडमा झारपात तथा मरुवा रोगको प्रकोप कम हुन्छ र यो ब्याडमा बेर्नाको वृद्दि चाडो हुन्छ ।

लेखकश्री लक्ष्मी माध्यमिक बिद्यालय
राप्ती सोनारी गा-२, मदुई , बाँकेमा
कार्यरत कृषि प्रशिक्षक हुन

सम्बन्धित समाचार