जेठ ३२ गतेसम्म लकडाउन थप्ने मन्त्रीपरिषदकाे निर्णय

काठमाडौँ
— सरकारले लकडाउन पुन थप्ने निर्णय गरेकाे छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले बताए ।

काेराेना संक्रमण राेक्न भन्दै सरकारले गत चैत ११ गतेदेखि देशमा लकडाउन गर्ने निर्णय गरेकाे थियाे ।
असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ ।

सम्बन्धित समाचार