नेल्टा बाँकेकाे आयाेजनामा ७ दिने अनलाइन तालिम शुरु

काेहलपुर

अँग्रजी शिक्षकहरुको संगठन नेल्टा बाँकेकाे अायाेजनामा ७ दिने प्राविधिक क्षमता बिकास तालिम अाइतबारदेखि शुरु भएकाे छ। नेल्टाका राष्ट्रिय अध्यक्ष मोतिकला सुब्बा देवानकाे प्रमुख आथित्यता तालिमकाे उद्घाटन भएकाे थियाे।उद्घाटन कार्यक्रममा बाेल्दै राष्ट्रिय अध्यक्ष देवानले बाँके नेल्टाले देशकै नमुना शाखाको रुपमा काम गरिरहेकाे भन्दै अागामी दिनमा पनि यस्तै राम्राे काम गर्न अनुराेध गरे।

उद्घाटन कार्यक्रममा कोहलपुर नगर शिक्षा प्रमुख अनन्त कुमार पौड्यालले नेल्टाले गरेका कार्यक्रमले सरकारलाइ नै सहयोग पुग्ने गतिविधिहरु गरेकाले नगर शिक्षाले पुर्ण सहयोग गरिरहेको र गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालगञ्ज उपमहानगर पालिकाका शिक्षा प्रमुख गोरख बहादुर थापाले स्थानिय तहहरुमा अनलाइन शिक्षा सञ्चालन गर्न स्थानिय तहहरुले समेत नेल्टा संग सहकार्य गर्ने बताए।
कार्यक्रममा सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल बाँकेका अध्यक्ष बाबुराम अधिकारीले नेल्टाले गरेका यस प्रकारका तालिमले यो महामारिको बेला शिक्षकलाइ धेरै उपयोगी हुने र सोसन बाँकेले पुर्ण रुपमा सहयाेग गर्ने प्रतिबद्धता जनाए।
जुम प्रबिधिबाट तालिम संचालन भएकाे नेल्टा काँकेका अध्यक्ष हाेमराज खड्काले जानकारी दिए। अाज पहिलाे दिन मध्यपश्चिम विश्वविधालयका उप प्राध्यामपक यदु प्रसाद ज्ञवाली र नेल्टा कपिल्बस्तुका गोबिन्द राज पोख्रेलले बिबिध बिषयमा प्रशिक्षण दिएमा थिए। तालिममा १०० जना शिक्षकको सहभागीता रहेको अध्यक्ष खड्काले जानकारी दिए। तालिम प्रतेक दिन २ बजे देखि ४ बजेसम्म संचालन हुनेछ।


ताजा समाचार

error: Content is protected !!