शिक्षक संगठन काेहलपुरकाे बिहिबार भर्चुअल प्रबिधिबाट दोस्रो नगर परिषद हुँदै।

काेहलपुर
नेपाल राष्ट्रिय राष्ट्रिय शिक्षक संगठन काेहलपुरकाे को दोस्रो नगर परिषद यही जेष्ठ २९ गते बिहिबार हुने भएकाे छ।
नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापाकाे प्रमुख आतिथ्यमा परिषद गर्न लागिएको संगठनका काेहलपुर नगर सचिव निम प्रकाश थापाले जानकारी दिए।

ZOOM प्रबिधि बाट परिषद हुने नगर परिषद बिहान १०:३० बजे शुरु हुने सचिव थापाले जानकारी दिए।
बैठकमा सहभागी जनाउन अाई डि न. 5954895130 र पासवर्ड 12345 रहेकाे छ। परिषदमा सहभागी हुन नगर , जिल्ला भित्रका संगठनमा सम्पुर्ण सदस्यलाई काेहलपुर नगर समितिले अनुराेध गरेकाे नगर उपाध्यक्ष भिम खरेलले बताए।
संगठनले बाँकेमा स्थानिय निकायकाे परिषद लाई तिब्रता दिएकाे छ। अाज २८ गते जानकी गाउपालिका र ३१ गते राप्तिसाेनारी गाउपालिकाले परिषद गर्ने संगठनका बाँके अध्यक्ष बामदेव सुबेदीले बताए। यसअघि नै खजुराा र नेपालगन्जले परिषद सम्पन्न गरिसकेका छन।


ताजा समाचार

error: Content is protected !!