नेपाल राष्ट्रिय शिक्षक संगठन काेहलपुरकाे दाेस्राे नगर परिषद सम्पन्न

काेहलपुर
नेपाल राष्ट्रिय शिक्षक संगठन काेहलपुरकाे दाेस्राे नगर परिषद भर्चुअल ( ZOOM) प्रबिधि मार्फत बिहिबार सम्पन्न भएकाे छ।
परिषदमा प्रमुख अतिथि नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले बाल बिकास तथा बिद्यालय कर्मचारीहरुकाे तलव बढ्ने लगभग निष्चित भएकाे बताए। उनले भने-” बजेट आय लगत्तै शिक्षक महासंघकाे नेतृत्वमा शिक्षा मन्त्रीलाई भेटेर बुदा न १६६ र बाल बिकास तथा बिद्यालय कर्मचारीकाे तलब बृद्दिकाे बिषयमा कडा रुपमा आपत्ति जनायाै।” अध्यक्ष थापाले SEE परीक्षा अान्तरिक मुल्यांकनबाट गर्न महासंघले ब‌ैशाख ५ गते नै सरकारलाई सुझाव दिएकाे बताए।सरकारले शिक्षकलाई विस्वास गर्नुपर्ने भन्दै अध्यक्ष थापाले निजि बिद्यालयलाई अाफ्नै स्कुल हेर्ने फुर्सद नभएकाे अवस्थामा सामुदायिक विद्यालय जिम्मा लगाउन खाेज्नु सामुदायिक विद्यालय कमजाेर बनाउने याेजना हुनसक्ने बताए।
परिषद बैठकमा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय महासचिव हंस शाहीले शिक्षकका समस्या समाधान गर्न संगठन लागिरहेकाे बताए। महासचिव शाहीले स्थानिय तह देखि राष्ट्रिय स्तरमै सरकारले शिक्षकलाई हेर्ने दृष्टिकोण उचित नभएकाे गुनासो गरे। उनले परिस्थिति अनुसार अब शिक्षकहरु पनि प्रविधिमा अब्बल हुनु पर्ने धारणा राखे।महासचिव शाहीले भने-” NNTA का शिक्षकहरु कक्षाकाेठामा पनि अरु शिक्षक भन्दा अब्बल भएर देखाउनुस।”
संगठनका राष्ट्रिय सदस्य एकदेव पन्थीले शिक्षकहरु प्रबिधिमा जानुकाे बिकल्प नभएकाे बताए। उनले शिक्षक महासंघ नियमानुसार बिधान संशोधन भएकाे भन्दै कसैले पनि अनावस्यक बखेडा नझिक्न आग्रह गरे।
काेहलपुर नगर अध्यक्ष बिनाेद भट्टराईकाे अध्यक्षता तथा उपाध्यक्ष दिपाश्री भण्डारीले स्वागत गरेकाे परिषदमा शिक्षक महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवेन्द्र अधिकारी, शिक्षक महासंघ बाँकेका सचिव महेश शर्मा, संगठनका जिल्ला सह काेषाध्यक्ष कल्पना जाेशी, काेहलपुर नगर शिक्षा प्रमुख अनन्त कुमार पाैड्याल, शिक्षक महासंघका काेहलपुर अध्यक्ष रामप्रसाद चापागाई लगाएतले शुभकामना मन्तब्य रखेका थिए। सचिव निम प्रकाश थापाले प्रस्तुत गरेकाे सांगठनिक प्रतिबेदनमा गगन खड्का, भुपेन्द्र रेग्मी तथा शान्ति कडेलले टिप्पणी गरेका थिए।

सम्बन्धित समाचार