विद्यालयमा अभिभावक बाेलाएर भर्ना नगर्न र प्रवेश परीक्षा नलिन काेहलपुर शिक्षा शाखाकाे निर्देशन

 

काेहलपुर

काेहलपुर नगर शिक्षा शाखाले बर्तमान परिस्थितिमा विद्यालयमा अभिभावक बाेलाई बिद्यार्थी भर्ना नगर्न र प्रवेश परिक्षा समेत नलिन कााेहलपुर नगर  पालिका अन्तर्गतका  विद्यालयहरुलाई    निर्देशन दिएकाे छ।


शिक्षा शाखाले शुुुुक्रबार  एक सुचना जारी गर्दै काेहलपुरका केही विद्यालयले अभिभावकलाई विद्यालयमा नै बाेलाई विद्यार्थी भर्ना गरेकाे र प्रवेश परीक्षा गर्ने भन्दै सुचना प्रकाशन गरेकाे गुनासाे आएपछि यसाे नगर्न भनिएकाे हाे।
नगर शिक्षाले गत बैशाख  ३० गते सुचना जारी गरि अर्काे सुचना नआएसम्म विद्यालयमा भर्ना नगर्न निर्देशन दिएकाे थियाे।
शिक्षा शाखाले आफ्ना विद्यार्थीलाई फाेन वा यस्तैे विभिन्न माध्यम वाट अभिभावकलाई सम्पर्क गरि नाम अद्यावधिक गर्न भनिए पनि केही विद्यालयले अभिभावकलाई विद्यालयमानै बाेलाएर भर्ना गरेकाे गुनासाे आएकाे काेहलपुर नगर शिक्षा शाखाका शाखा अधिकृत रविलाल मिजारले बताए। अहिलेकाे बिशेष परिस्थितिमा अभिभावक तथा विद्यार्थीलाई हुने जाेखिमलाई ध्यान दिदै विद्यालयमा विद्यार्थी तथा अभिभावक बाेलाएर भर्ना नगर्न अनुराेध गरेकाे अधिकृत मिजारले बताए।

सम्बन्धित समाचार