काेहलपुरमा पत्रकारका लागि सुरक्षा सामाग्री वितरण

काेहलपुर

बाँकेकाे काेहलपुरमा पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरिएको छ । कोरोना भाइरसको त्रासका बीचमा पनि अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुलाई ज्ञानाेदय सामुदायिक पुस्तकालय काेहलपुरले बुधबार ती सामाग्री प्रदान गरेका हाे।

पुस्तकालयमा सानाे कार्यक्रम आयोजना गरेर काेहलपुर क्षेत्रका पत्रकारलाई एक थान एन नाईन्टी फाइभ मास्क र एक थान स्यानेटाइजर वितरण गरिएको हो । कार्यक्रममा ज्ञानाेदय सामुदायिक पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले कोरोना संक्रमणको जोखिममा अग्रभागमा रहेर काम गर्ने सञ्चारकर्मीलाई सुरक्षित गर्नुपर्ने दायित्व सम्झेर सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले कोरोनाको जोखिममा कतिपय पत्रकारहरु कार्यक्षेत्र मै खटिएर काम गर्नुपरेकाले सुरक्षा चुनाैति रहेकाे भन्दै पत्रकारकालागि सुरक्षा सामाग्री दिएकाेमा धन्यवाद दिए।

सम्बन्धित समाचार