” जति बिकास हुन्छ दिगाे हुन्छ”- वडा अध्यक्ष चलाउने

काेहलपुर


काेहलपुर नगरपालिका वडा न १० का वडा अध्यक्ष निम बहादुर चलाउने ( निरज) ले आफु निर्वाचित वडामा गरिने बिकास दिगाे हुने बताएका छन।
काेहलपुर वडा न १० चण्डीका टाेल बिकास समितिकाे भेलामा वडा अध्यक्ष चलाउनेले बिकासकाे नाममा टिकाउ नहुने बिकास गर्न नहुने बताए। अध्यक्ष चलाउनेले भने,- ” पाँच वर्ष पनि टिकाउ नहुने खालकाे बिकास मेराे वडामा हुन्न।”
उनले कुनै याेजनामा लागेकाे बजेट प्रतिफल देखिने खालकाे हुनुपर्ने बताए। वडा अध्यक्ष चलाउनेले बजेट कुनै याेजना एकपटक बजेट छुट्टाएपछि पुन त्यही याेजनालाई बजेट छुट्टाउन नपराेस भन्ने आफ्नो चाहाना रहेकाे बताए।
वडा भेलामा चण्डीका टाेल सुधार समितिका अध्यक्ष डा.ढकनाथ सापकाेटाले जनप्रतिनिधि टाेल टाेलमा पुगेर आबश्यकता अनुसार याेजनाबद्द बिकास गर्नुपर्ने बताए।
सुन्दरटाेल सुधार समितिका संयाेजक भाेलानाथ शर्माले पावरकाे भरमा बिकास हुने परिपाटिलाई राेकी आवश्यकता अनुसारकाे याेजनामा बजेट बिनियाेजन गर्न अध्यक्ष चलाउनेलाई आग्रह गरे।
वडामै पुराना भनिएका सुन्दर टाेल , शान्ति टाेल लगाएतमा स्थानिय देखि केन्द्र सम्म कसैले पनि आजसम्म कुनै याेजनामा नपारेकाे भन्दै स्थानियले दुखेसाे गरेका थिए।


ताजा समाचार

error: Content is protected !!