सलह नियन्त्रणका लागी सतर्क हुन मन्त्रालयकाे आग्रह

काेहलपुर

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश न ५ ले सलह किरा प्रदेश ५ मा पनि भित्रीएकाे भन्दै सतर्क रहन सबैलाई आग्रह गरेकाे छ।
मन्त्रालयले २०७७ साल असार १३ गते सलह किरा भित्रीई हाल लगाएका वालीनालीहरुलाई व्यापक क्षति पुर्याउन सक्ने भएकोले खाद्य संकट निम्तीन गई मानवजीवनमा प्रतिकूल असर पार्ने अवस्था श्रृजना भएको मन्तालयले जनाएकाे छ।

मन्त्रालयले सलह नियन्त्रणका लागि विभिन्न उपाएहरु अपनाउन अाग्रह गरेकाे छ।सलहले अतिक्रमण गर्दा धुवाउने, ठुल्ठूला आवाजहरू निकाल्ने, लामा डोरीहरू बारीको वारपार टाँगेर दुईजनाले दुईतिरबाट बालीनालीका बोटहरू हल्लाइदिने, चराहरूलाई संरक्षण गर्ने, सलह उडनु अघि बिहान बिहानै बाली खानुभन्दा पहिलै बारीबाट सलहलाई धपाउने, प्रकोप क्षेत्रका कृषकहरूलाई पनि विषादीरहीत सलह संकलन गरी पशुपंछी तथा माछाको दानाहरूमा प्रयोग गर्ने, जालमा समात्ने र नेटजालीहरूमा छोप्ने लगाएतका उपायहरु अपनाई क्षति कम गर्न अनुराेध गरेकाे छ।
प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पाैडेलले सलह किराबाट सजक रहन समेत आग्रह गरेकी छन। मन्त्री पाैडेलले   आबश्यक सल्लाहका लागी मन्त्रालयमा सिधै सम्पर्क गर्न वा सम्बन्धित स्थानीय तहको कृषि विकास शाखा, नजिकको कृषि ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्र, निर्देशनालय वा मन्त्रालयमा सम्पर्क राख्नुहुन अनुरोध गरेकी छन।

सम्बन्धित समाचार