ने.क.पा. को उल्टो यात्रा संगै अस्थिरताको भुमरीमा देश

बाबुराम अधिकारी


नेपालमा कुनै राजनितिक पार्टीको समर्थक, कार्यकर्ता वा नेता बन्ने र आफ्नो पार्टी सरकारमा भएको समयमा राजनितिक नियुत्ति, ठेक्कापट्टा आदी अवसरबाट धेरथोर आर्थीक लाभलिने प्रवृती तल्लो तहदेखी माथिल्लो तह सम्म नै व्याप्त छ । यो प्रवृतीले राजनितिलाइ व्यवसाय बनाउने प्रचलनले बढवा पाएको छ । आफ्नै पार्टी भित्र पनि आफ्नो गुटको नेता सरकारमा भएमा त्यो लाभ आफुले बढी लिन पाउने हुँदा कहिले काँही आफ्नै नेताको विरुद्धमा लाग्ने र अस्थिरताको लागी सरकार परिवर्तनको लागी आफ्नो पार्टी र देशको अवस्था र हित भन्दा आफ्नो व्यक्त्तिगत फाइदा लाइ केन्द्र बनाएर आफ्ना धारणा र भुमिका निर्धारण गर्दछन । नेपालमा वर्तमान ने.क.पा. को सरकार र पार्टी सञ्चालनमा देखिएको समस्याको एउटा महत्वपुर्ण मनोविज्ञान यही हो । सरकारमा के.पी. ओली छदा सम्म राजनितिक अवसर प्राप्त गर्न सफल दोस्रो तह र तलका नेता कार्यकर्ता र वर्तमानमा आफ्नो स्वर्ग गुमेको महसुस गरेका अन्य पक्षका नेता तथा कार्यकर्ताको स्वार्थको टकरावका कारण वर्तमान जटिल अवस्थाको सृजना भएको छ ।
यस प्रकारको स्वार्थको राजनिती हाबी हुँदा जसले देशमा स्थीरताको लागी, जनजिविकाको लागी, देशको स्वाभिमानको लागी वा देश बिकास समृद्धीको लागी विना स्वर्थ ने.क.पा.लाइ सहयोग र समर्थन गरे ति तमाम सुभचिन्तकहरु लाइ सबै भन्दा बढी पिडा बोध हुँदो रहेछ । आज सकृय राजनितीमा लागेकाहरु सरकारको समर्थन र विरोधलाइ आफ्नो फाइदा बेफाइदा संग हिसाव किताव गरिरहदा सुभचिन्तकलााइ फगत देशको अस्थिरताले सताउदो रहेछ ।
ने.क.पा.लाइ प्राप्त ऐतिहासिक अवसर
२००७ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी जुन बिभिन्न टुट फुट र बिभाजनबाट ग्रस्तहुँदै नेपालमा दर्जनौ साना कम्युनिष्ट घटकहरु रहेको र नेपालमा जनताको ठुलो हिस्सा कम्युनिष्ट विचार बोक्ने हुँदापनि २०४१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा ९ महिना बाहेक सरकार सञ्चालनको अवसर प्राप्त नगरेको अवस्थामा तत्कालिन ने.क.पा. एमाले र ए.ने.क.पा. माओवादी को ऐतिहासिक निर्णयले साझा चुनाव चिन्ह सुर्यमा निर्वाचन लड्ने निर्णयलाइ नेपाली जनताले अनुमोदन गरेपछी नेपालको इतिहासमा ४० औँ बर्ष पछी पहिलो पटक बहुमतको कम्युनिष्ट सरकार बन्यो । २०७२ सालमा संविधान जारी गरेपछी भारतले गरेको नाकाबन्दीको बेला खेलेको अदम्य भुमिका तथा देशभित्र रहेका तमाम समस्यामा के. पी .ओलीले देखाएको अडान तथा समस्या समाधान र दश बर्षे जनयुद्धका सुप्रीमो प्रचण्डको साझा चिन्हलाइ बर्षौ देखी स्थायी सरकारको खोजिमा रहेका नेपाली जनताले अनुमोदन गरिदिए । नेपालमा रहेका तमाम समस्याको जड अस्थीर राजनितीलाइ बुझेका नेपाली जनताले नेपालको इतिहासमा पहिलो पटक ने.क.पा. लाइ दुइ तिहाइ नजिकको अपार बहुमत दिएर विस्वास गरे । कम्युनिष्ट हरु जनमत प्रप्त गरेर समाज परिवर्तन र जनजिविकाकोलागी अग्रगामी परिवर्तन गर्न सक्छन भन्ने प्रमाणीत गर्ने ऐतिहासीक अवसर ने.क.पा. ले प्राप्त गरेको छ । आन्तरिक रुपमा रहेको अशिक्षा, विभेद, गरिबी जस्ता समस्या समाधान हुने । बर्षौ देखी दर्जनौ ठाउँमा मिचिएका सिमा, बनेका बाँध र डुवान, असमान सन्धि सम्झौता र हेपाहा व्यवहार सहेका नेपाली जनताले ने.क.पा.को सरकार बाट ठुलो अपेक्षा गरेका थिए । अरबको मरुभुमीमा पसिना बगाउने चालिसौँ लाख युवाले देश विकास र नेपालमा रोजगारीको अवसर खोजिरहेका छन । बर्षौ देखी सुकुम्बासीको रुपमा रहेका लाखौ नेपालीले समस्या समाधानको अपेक्षा गरेका थिए । छिमेकी संगको सम्बन्धलाइ रोटी बेटी र बडे छोटे भाइ बाट समानताको सम्बन्धमा परिवर्तन गरेको हेर्न लालयित छन नेपाली जनता । यि तमाम कामहरु सजिलै सम्पन्न गरेर आगामी निर्वाचनमा धेरै दुख गर्न नपर्ने अवस्था बनाउन सक्ने ऐतिहासिक अवसर ने. क.पा. लाइ प्रप्त छ । किनभने अहिले आफ्ने दल संग अपार बहुमत छ । अहिले ने.क.पा. चुकेमा फेरी यो अवसर प्रप्त हुन असम्भव छ ।
सरकारको काम
नेपालमा युगिन राजनितिक परिवर्तन पछी ने.क.पा. को बहुमतको सरकारको नेतृत्व के. पी. ओली ले गरिरहेका छन । नयाँ संविधान अनुसार सयौँ कानुन निर्माण गर्नु पर्ने र जन अपेक्षा अनुसार प्रभाकारी कार्य गर्नुपर्ने चापमा रहेको सरकारलाइ पार्टी एकताको कामले समेत केही अफ्ठेरो सृजना गरिरहेको छ । अझै पार्टी एकता पुरा भइसकेको छैन । प्रधान मन्त्रीको व्यक्त्तिगत स्वास्थ समेत प्रतिकुल बन्यो । सरकारले यस विचमा गरेका कार्यहरुमा दैनिक शासन सञ्चालन बाहेक संघियता कार्यन्वयन, कर्मचारी समायोजन, नेपाललाइ दिर्घकालिन प्रभाव पर्ने अन्तराष्टिय सन्धी सम्झौता, विकास निर्माणका कार्यमा तिव्रता – तेल पाइपलाइन, हवाइमैदान, हुलाकी राजमार्ग, मध्यपहाडी मार्ग, चिन संगका नाका, रेल ) सरकारले गर्नलागेका हरेक काममा नियोजित रुपमा विरोध गर्ने र असफल बनाउने प्रयत्न भइरहेकै छन । नेपालमा बर्षौ देखी चलेको कुशासनमा अभ्यस्त रहेको कर्मचारी तन्त्र र समाजका हरेक पक्ष परिवर्तन र सुधार चहदैनन् । यो सरकारले गरेका राम्रा कार्यलाइ पार्टीले जनतामा लैजाने कार्यमा कन्जुसाइ गरेको आरोप प्रधानमन्त्रीले लगाएका छन । यसमा सत्यता देखीन्छ । नेपाली राजनिति कुण्ठा ग्रस्त रहेको छ । आफुले गर्न नसकेका कामहरु अरुले गरेमा पनि जसदिन कन्जुसाइ गर्ने प्रवृती देखिएको छ । सरकारका कमिकमजोरीलाइ प्रतिपक्ष भन्दा एक कदम अगाडी बढेर आलोचना गर्ने नेता हरुले राम्राकार्यको जस दिन नसक्नु राजनितिक बेइमानी नै हो । वर्तमान सरकार खासगरी के.पी ओली यो प्रवृतीको सिकार भएको देखिन्छ । विश्व सँगै नेपाल पनि कोरोना महामारीको चपेटामा परेको अवस्था छ । नेपालको आर्थीक क्षमता, संरचना र भुराजनितिक अवस्थाले यस महामारीको सामना निक्कै कठिन कार्य हो । यसकार्यमा समेत आफ्नै पार्टीका नेताहरु विपक्षी भन्दा एक कदम अगाडी बढेर आलोचना गर्ने र असफल बनाउने कार्यमा तल्लीन रहेको देखिन्छ । नियोजित रुपमा सरकारलाइ बदनाम गर्ने र के.पी. ओलीलाइ असफल बनाउने रणनितीमा सामाजिक सञ्जाल र मिडिया समेत प्रयोग भइरहेको छ ।
सरकारमा रहेका केही मन्त्रीहरुको कार्य विवादास्पद बनेको छ । आर्थीक अनियमितताका कुरा हरु आएका छन । यो दण्डनिय हुनै पर्दछ तर त्यसैलाइ प्रयोग गरेर के.पी.ओली लाइ असफल सिद्ध गर्ने प्रयत्न राम्रो होइन । सरकारले गरेका गलत कार्यको आलोचना गर्दैगर्दा राम्राकार्यको प्रशंसा समेत गर्नु पर्नेमा गलत सबै के. पी. ओली राम्राकार्यको जस लिन तछाड मछाड देखिएको छ । शुरुकै दिन देखी देखिएको पार्टीका अन्य नेता र प्रधानमन्त्री बिचको चिसोपन सरकारको दुइबर्ष अवधी पुगेपछी अझै बढेको छ ।
ने.क.पा.को उल्टो यात्रा
दक्षिण एशियाकै ठुलो कम्युनिष्ट पार्टी, अपार बहुमतको सरकार बर्षौ देखी थाती रहेका बग्रेल्ती समस्या समाधान गरेर सरकार र पार्टीको समन्वयमा ऐतिहासिक रुपमा सफल बनाउने र देशमा कम्युनिष्टकोलागी आगामी बर्षकोलागी जनताको विश्वास जित्नु पर्नेमा आफ्नै सरकार विरुद्ध पार्टीका नेताहरु जाने र प्रधानमन्त्रीको राजिनामा माग्नुलाइ ने.क.पा.को उल्टो यात्रा भन्न सकिन्छ । यो कार्यकाल अब करिव आधा अवधिमात्र बाँकी छ । त्यसपछी आम निर्वाचनमा जानुपर्ने छ । के.पी.ओली सधैको लागी प्रधानमन्त्री होइनन् तसर्थ केही समय धर्य गर्न नसक्ने नेताहरु बाट देशले के अपेक्ष गर्ने । यो समयमा जनजिविकाको पक्षमा काम गरेर आफुलाइ प्रमाण्ती गर्नुपर्ने सरकार आफ्नै फार्टीका नेताहरु संग तय खेल्नुपर्ने विडम्बना नेपालमा सृजना भएको छ । दोस्रो तहमा रहेका नेताहरुले पार्टीको भविष्य रहेमात्र तपाइहरु नेता बन्ने हो । तपाइहरु नै मन्त्री बन्ने हो । तसर्थ यो अवधिमा सरकारलाइ सफल बनाउन लाग्दानै भलो होला । अहिले नेपाली जनता जसले निश्वार्थ रुपमा सुर्यमा मतदान गरेका थिए , ती सुभचिन्तक जसले तपाइँ हरुलाइ मन्त्री बनाउन चोक चोकमा ने.क.पा. को वकालत गरेका थिए दुखी र लज्जित छन । कालापानी, सुस्ता र लक्षमणपुरबासीहरु चिन्तीत छन । गोबिन्द पौडेलको आत्माले कञ्चनपुरमा सरापीरहेको छ । विकासका नेपाली सपनाहरु मुर्छाइ रहेका छन । अर्णव गोस्वामी, सुधिर चौधरी, रजत शर्मा, अन्जना ओमकस्यप, दिपक चोरसीयाहरु अट्टाहास गरिरहेका छन । खुसी छन त केवल नेपालमा कम्युष्टि सरकार देख्न नचाहनेहरु, देशमा विकास र आत्म निर्भरता नचाहने हरु र देशमा स्थीर सरकार नचाहनेहरु । बेलैमा सोच्नुहोस यो पार्टिभित्रकाे अान्तरिक कलहले कसैलाइ फाइदा गर्दैन सबै पक्ष बसेर समस्या समाधान गरी यो उल्टो यात्रालाइ यहीँ बन्द गर्नुहोस ।
वर्तमान परिवेश र सरकारको राजिनामा
खुलेआम नेपाललाइ छोटे भाइ को संज्ञा दिने भारतीय दृष्टीकोणमा हालैका दिनमा यस सरकारले गरेका केही निर्णय र गतिविधीले चोट पुगेको छ । खासगरी चीन संग पारबहन सम्झौता गरी चार वटा बन्दरगाहा प्रयोग गर्ने अनुमती र रेल विस्तार, कालापानी, लिपुलेक सहितको नयाँ नक्सा र एकमतले संविधान संसोधन तथा हालैका दिनमा भएको अंगिकृत नागरिकता प्रप्तीको व्यवस्था आदी कारणहरुबाट भारतीय सरकार नेपाल सरकार संग रुष्ट रहेको छ । उसले नेपालमा के.पी.ओली सरकार रहदा सम्म आफ्ना चाहना नेपालमा पुरा गर्न सजिलो छैन भन्नेकुरा नाकाबन्दीको समय देखीनै बुझेको छ ।
मैले जान्ने सुन्ने दिनदेखी “छोड छोड विस्तारबाद नेपाल भुमी छोड, भारतीय सेनाहरु नेपाल भुमी छोड’’ यो गीत सुनीरहेको हो । अहिले नेपालले आफ्नो भुमी दाबीगरी संसद बाट एकमतले संविधान संसोधन गरी नेपाल साच्चिकै स्वतन्त्र देश भएको अनुभुती बनाएको थियो । यो ऐतिहासिक कार्यको लागी वर्तमान सरकार र प्रधानमन्त्री नेपाली इतिहासमा अमर रहने छन । भविष्यमा समेत सिमा विवाद समाधानकोलागी भविष्यको पिढीलाइ एउटा प्रमाण बनाउन सफल भएको छ । भारत संग नेपाली नेताहरु गरुडको छायाँ परे जस्तो गर्दछन भन्ने कुरा त २०७२ सालको नाकाबन्दीलाइ नाकाबन्दी भन्न डराएको नेपाली जनताले देखेकै र सुनेकै छन् । अहिलेनै बहुचर्चित नागरिकता विधेयक अगाडी बढीरहेको छ । यो विधेयकमा गरिने व्यवस्थाले नेपाल जस्तो भुराजनितिक अवस्था भएको देशमा दिर्घकालीन असर पुराउद छ । तसर्थ यस अवस्थामा सरकारलाइ बलियो समर्थन गरेर भारत संग वार्ता गर्न मनोवल बढाउनु पर्ने समयमा सरकारको राजिनामा पार्टीको स्थायी समितीमा र आजतकमा एकै पटक एकै स्वरमा आउनु संयोग मात्र होस नेपाली जनताले कामना गरिरहेका छन । यदी प्रधानमन्त्रीको सचिवालय, कुनै मन्त्री वा शैली मन नपरेर प्रधानमन्त्रीको राजिनामा मागीएको हो भने यि परिवर्तन योग्य छन । तर नेपालले प्रप्त गरेको यो अवसर दुर्लभ छ । हेक्का रहोस न्याउरीमारी पछुतो कसैलाइ पनि नहोस । आज जुन तरीकाले व्यवस्था प्रतीनै वितृष्णा फैलाउने ढंगले गतिविधी गरिदै छ हेक्का रहोस ने.क.पा. का टेष्टेड शिर्ष ५ नेता मध्य के.पी. ओली जत्तिको भरोषा योग्य नेता अरुलाइ नेपाली जनताले आज पनि मान्दैनन् ।
म हनुमानको पगरी गुथ्न तयार छु ने.क.पा. का नेताहरुले के.पी.ओली लाइ सदुपयोग गरी नेपालमा २० औँ बर्ष पार्टीको र आफ्नो राजनितीक भविष्य सुनिष्चत गर्ने अवसर कुनै देशी विदेशी शक्तीको इच्छाामा नगुमाउन ।
राजनितीक अस्थीरताको सुरुङ्कमा देश
नेपालमा बहुदलिय व्यवस्था प्राप्ती पछी २०५८ सालको आम निर्वाचनमा नेपाली काँग्रसले प्राप्त गरेको बहुमत नेताहरुको आपसी तुष्टीकरणले सरकार विघटन हुँदा देशले दशकौँ अस्थीरता भोग्नु पर्यो । संसदीय इतिहासमा सबै प्रकारका विकृती सुरा,सुन्दरी देखी जम्बो मन्त्रीमण्डल र ६ महिने सरकार आदीका कारण देश र जनताले ठुलो क्षती व्यहोरेका छन । १७००० नेपालीको बलीदान भएको छ । अहिलेको चिन्ता के.पी. ओलीको नभएर देशमा निम्तने अस्थीरताको हो । एकले अर्कालाइ देखाइदिने जुन गलत प्रवृती ने.क.पा. मा देखीएको छ यसले अर्को प्रधानमन्त्री भए पनि काम गर्ने वातावरण बन्ने छैन र कम्युनिष्ट पार्टी झनै अलोकपृय हुने छ । आगामी निर्वाचनमा ने.क.पा. को मत घट्ने छ । तर अर्को पार्टी नेपाली काँग्रेस समेत बहुमत ल्याउने स्थतीमा हुने छैन किनकी नेपालमा रहेको कम्युष्टिको जवर्जस्त जनमत तथा पार्टी भित्रकै समस्याहरु । बैकल्पिक शक्ती नेपालमा हस्तक्षपकारी अवस्थामा नहुनुले अहिले के.पी. ओली सरकारको विस्थापन भनेको देशमा अनिश्चितता लाइ स्वागत गर्नु हो ।
पछिल्ला दिनहरुमा संघियताको कार्यान्वयनमा देखीएका समस्या आर्थीक अभाव तथा करको भारले नेपाली जनतामा यो व्यवस्था प्रती नै वितृष्णा बढेको देखीएको छ । राजनितिक दल र नेताहरु कोरोना, सलह, बेरोजगारी आर्थीक समस्यालाइ नजरअन्दाज गरेर फगत कुर्सीको खेलमा लाग्दा जनताको वितृष्णा बढी रहेको छ । अर्को तर्फ लाखौँ युवाहरु स्वदेशमा आएका छन । उनीहरुले समेत विकसित परिवेश नियाली रहेका छन । यदी त्यो शक्ती व्यवस्थाको लागेमा कसैको प्रधानमन्त्री र मन्त्री हुने सपना चकनाचुर हुने छ । देशमा क्रान्ती पछी प्रतीक्रान्ती हुने गरेको इतिहास हेर्दा नेपालमा कतै ने.क.पा.को कारण देशमा प्रतीक्रान्ती नहोस ।
सुझाब
ने.क.पा. ले प्राप्त गरेको ऐतिहासिक अवसरलाइ सदुपयोग गरेर सरकारलाइ प्रभावकारी बनाउने ,पार्टी एकीकरणलाइ पुरा गर्ने, प्रधानमन्त्रीको सचिवालय समस्या हो भने फेरबदल गर्ने, मन्त्री मण्डल पुनर्गठन गरी शक्ति सन्तुलन मिलाउने, व्यक्तिगत इगो हटाएर सामुहिक प्रयत्न गर्ने जस्ता कार्य गरेर देशकालागी यो अवसर गुम्न नदेउ । पार्टी भित्रका चम्चे, हनुमान, गुटे, उपगुटेले पनि धर्य गर्ने । नत्र तिमीहरुका व्यक्तिगत तुष्टीका कारण लार्खौ मतदाताको भावनामा खेल्न खोजेमा आगामी निर्वाचन कुर्ने नै छन । विनाशकाले विपरित बुद्धी नहोस समयमै नेताहरुको बुद्धी फिरोस ।


ताजा समाचार

error: Content is protected !!