काेहलपुरमा विद्यालय संचालनकाे उपाए खाेज्दै शिक्षक महासंघ र क्रिसा

काेहलपुर

covid-19 को संक्रमणका कारण अबरुद्द रहेको शिक्षण सिकाई प्रणालीलाई सुचारु कसरी गर्ने तथा बिद्यालय पुन:संचालनका लागि के कस्ता कामहरु गर्न सकिन्छ भन्ने बिषयमा काेहलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ।

शिक्षक महासंघ काेहलपुर र क्रिसा काेहलपुरको संयुक्त आयोजनामा भएकाे अन्तरक्रियामा काेहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले काेराेनाका कारण शिक्षा क्षेत्र मारमा परेकाे भन्दै बिस्तारै बिद्यालय कसरी संचालन गर्न सकिन्छ भन्नेमा छलफल हुनु सकारात्मक भएकाे बताएा प्रमुख रावत अबरुद्ध रहेकाे बिद्यालय शिक्षालाई सुचारु गर्दा यसबाट हुने जाेखिम न्युनिकरणका बारेमा पछि बिशेष ध्यान दिनुपर्ने बताए। उनले क्वारेन्टाइन रहेकाे बिद्यालयलाई काेहलपुर नगरपालिकाले सेनिटाईजेसन गर्ने बताए।


काेहलपुर नगरपालिकाका उप प्रमुख सन्जुकुमारी चाैधरीले विद्यालय संचालन गर्न सामुदायिक विद्यालयका पेशागत घटक र क्रिसामा आवद्द संस्थाहरुले गरेकाे पहल सर्हानिय रहेकाे बताइन। उनले भनिन-‘ यस बिषयमा नगरपालिका पनि गम्भीर छ।’


अन्तरक्रियामा नेकपा काेहलपुरका अध्यक्ष बसन्ती अधिकारीले नगरपालिकाले गर्ने काम शिक्षकले गरेकाे भन्दै लकडाउनलाई अनावश्यक हाउगुजी बनाइएकाे बताइन। अध्यक्ष अधिकारीले सुरक्षाका उपाए अपनाएर विद्यार्थीलाई विद्यालयमा ल्याउने विषयमा गम्भीरता पुर्वक छलफल हुन जरुरी रहेकाे बताइन। विद्यार्थी विद्यालयमा ल्याउने उपयुक्त बैकल्पिक उपाएकाे खाेजी गरी शैक्षिक क्रियाकलापलाई सुचारु गर्ने वारेमा साेच्न सराेकारवालालाई आग्रह गरिन।
नेपाली काग्रेस काेहलपुर नगर सभापति बलराम शर्माले विद्यालयलाई पुर्ण सरसफाई र सेनिटाइजर गरी जाेखिम नहुने तरिका अपनाई विद्यालय संचालन गर्नेतर्फ ध्यान दिन आग्रह गरे। सभापति शर्माले विदायालयभित्र विद्यार्थी सुरक्षित कसरी हुने वारेमा गम्भीर हुनुपर्नेमा जाेड दिए।
नेकपा काेहलपुरका सचिव तुलाराज बिष्टले मापदण्ड लागु गरेर बिद्यालय संचालन गर्न अाग्रह गरे। सचिव बिष्टले अनलाईन कक्षा पनि अभिभावककाेलागी मंहगाे परेकाे भन्दै विद्यार्थी घरमा हुदा समेत अभिभावक तनावमा रहेकाे बताए।
नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय सदस्य एकदेव पन्थीले स्थानिय सरकारले प्रदेश र केन्द्र सरकार सित समन्वय गरी उचित निर्णय लिन अाग्रह गरे। अन्तरक्रियामा शिक्षक संघ बाँके सचिव ऋषि शर्माले चरणबद्ध रुपमा बिद्यालय संचालनकाे माेडल तयार गर्नुपर्ने बताए।
नेपाल राष्ट्रिय शिक्षक संगठन काेहलपुरका अध्यक्ष बिनाेद भट्टराईले शिक्षकहरु विद्यार्थीलाई पढाउन अात्तुर रहेकाे बताए। उनले भने-‘अहिलेपनि काेहलपुरमा शिक्षकहरु विद्यालयमा गई विभिन्न याेजना बनाउन लागिपरेकाे र जाेखिम न्युनिकरण हुने गरि शिक्षण क्रियाकलापमा जाेडिन शिक्षक तयार रहेका छाै।”

शिक्षक महासंघ काेहलपुरका अध्यक्ष राम प्रसाद चापागाईकाे अध्यक्षता तथा क्रिसा काेहलपुरका अध्यक्ष शिव डाँगीले संचालन गरेकाे अन्तरक्रियामा प्याव्सन काेहलपुरका अध्यक्ष यम बहादुर रावत, एन प्याब्सन काेहलपुरका अध्यक्ष बेग बहादुर चन्द लगाएतले आ आफ्नाे धारणा राखेका थिए।


ताजा समाचार

error: Content is protected !!