वर्तमान परिवेशमा नेपालमा भर्चुअल कक्षाकाे उपयाेगिता

 

इन्दिरा गाैतम
काेविड 19 काे महामारीले विश्वलाई नै आक्रान्त पारी रहेको अवस्थामा नेपाल पनि विगत ४ महिना देखि लकडाउनमा परेको छ।यसले विभिन्न क्षेत्रमा पारेको असर सगै शैक्षक क्षेत्रमा पनि ठुलो क्षती बेहोर्नु परेको छ।

बैकल्पिक शिक्षाको एउटा माध्यम भर्चुअल कक्षा हो भन्नेहरुको संख्या नि ठुलैछ।भर्चुवल कक्षा भन्नाले मेरो बिचारमा पहिलेको दुरशिक्षा भन्दा फरक नपर्ला जुन रेडियो र टि भि बाट तालिम अथवा विषय शिक्षण गर्ने गरिन्थ्यो त्यसैको अर्को रुप हो जस्तो लाग्छ।त्यसमा यतिमात्र फरक होला ।रेडियोबाट श्रावणमात्र गर्न सकिएला त्यस्तै टि. भि.बाट देख्न सुन्न सकिएला तर जुम, गुगल मिट तथा अन्य यस्तै प्रबिधिको माध्यमबाट सम्बन्धित शिक्षक बिधार्थिलाई चिनेर टाडाको दुरी ब्यबस्थापन गरी विषयबस्तु अध्यापन गराउन सकिने कक्षालाई भर्चुअल कक्षा भनिन्छ।

अब म थोरै भए पनि नेपालको सन्दर्भलाई जोड्न चाहान्छु।नेपाल हिमाल , पहाड र तराईको मिश्रित भु- भाग हो जहा वर्गका हिसाबले हेर्ने हो भने एकदमै उच्चवर्ग र निम्न वर्गीय वीचकाेअसमानता भएको पाइन्छ ।त्यस्तै भौगोलिक दृष्टिकोणले हेर्ने हो भने कतै विश्वका शहर जतिकै सुबिधा सम्पन्न छन त कतै सुबिधा भनेको क हो?? सुबिधा केलाई भन्न्ने?? जस्ता दुरदराजमा बस्ने मानिसहरु पनि यसै देशमा छन।

मलाई दुर दराज भन्ने बितिकै २०५७/२०५८ तिरको कर्णाली अञ्चलको डोल्पा र हुम्ला जिल्लाको याद आयो मलाई त्यो समयमा ति जिल्लामा बस्ने अबसर मिलेको थियो।त्यहाँको शैक्षिक अबस्थामा , बिजुलीबत्ती बाटोघाटोलाई जोड्न मन लाग्यो।बिद्यालयको संख्या न्युन ५ /६ घन्टा दिनमा हिडेर माध्यमिक शिक्षा लिन जानु पर्ने बिजुली शब्द सुन्न मात्र पाएको अबस्था, मट्टितेलबाट टुकी बाल्नुकाे सट्टा झराेकाे (सल्लाकाे बाेक्रा )प्रयाेग गरिन्थ्याे भने बाटाेघाटाेकाे अबस्था पनि त्यस्तै थियाे।अहिले सम्म पनि गाडी नपुगेकाे जिल्लाकाे रूपमा चिनिन्छ।पहिलेकाे तुलनामा केही सुधार भएता पनि समस्याहरू जिउकातिउ छन।के यस्ताे अबस्थामा भर्चुअल कक्षा चलाउन सकिएला?? यी त प्रत्यक्ष देखिने नमुना स्थान मात्र हुन।बत्तिमुनिकाे अधयाराे भनेझै ठूला ठूला शहरका आसपासका गाउँहरूमा समेत उपयुक्त सेवा सुविधा भएकाे पाइदैन।त्यस्ताे अवस्थामा भर्चुअल कक्षा सन्चालन गर्न गार्‍हो पर्ने देखिन्छ
केही सुविधा सम्पन्न स्थानका बिद्यालयहरुले विध्यार्थीलाई वैकल्पिक शिक्षाको रूपमा भर्चुअल कक्षा सन्चालन गरेतापनि विध्यार्थीकाे क्षमता विकास गराउने भन्दा पनि हात्तीको देखाउने दाँतजस्तै साबित भएका छन।

मैले नबुझेकाे कुरा शिक्षकले प्रत्यक्ष रूपमा निरन्तर अध्यापन गराउदा समेत शिक्षाकाे गुणस्तर चाहेजति पु-याउन नसकेकाे अवस्थामा वैकल्पिक शिक्षा कति प्रभावकारी र फलदायीहुने हाे?? अहिले सरकारी तवरबाट याे परिवेशमा अनाैपचारिक शिक्षा दिन विभिन्न वर्गमा बिभाजन गरी डाटा संकलनका अाधारमा उपयुक्त माध्यमबाट गरिने शिक्षण प्रकि्याले शिक्षामा केही सकारात्मकता ल्याए पनि जम्मा विद्यार्थी संख्या मध्ये ४0%विद्यार्थीलाई समेट्न सकिएला जस्ताे लाग्छ त्यसमा पनि जसका अभिभावक बालबालिकाकाे शिक्षादिक्षामासचेत छन।
मेराे विचारमा सुविधा सम्पन्न एवम् निम्न अायश्रोत नभएका घरधुरीलाई मात्र भर्चुअल माध्यमबाट शिक्षण गर्न सम्भव छ।अन्यथा उपयुक्त सुविधा नभएका ठाउंमा एश प्रकारकाे शिक्षण सफल हुन सक्दैन। अझ नेपालकाे सन्दर्भलाई जाेड्ने हाे भने जतिसुकै प्रविधिमैत्री ,बालमैत्री,भयरहित शिक्षण गर्छु र गराउछु भन्ने सुविधा सम्पन्न बिद्यालयले पनि शिक्षकले १०/४ सम्म कडा रूपमा खबरदारी गर्दा पनि एकहात बिद्यालय बाहेकले उत्कृष्ट नतिजा ल्याउन सकेका छैनन।त्यसैले जति अादर्शका कुरा गरे पनि कुनै माध्यमबाट डर र त्रास नदेखाएसम्म उत्कृष्ट नतिजा लयाउन सक्दैन झन एक छिन जुममा देखिएर लिएकाे शिक्षाले के गुणस्तर लयाउन सघाउ पुर्‍याउला याे त विद्यार्थी लाेभ्याउने खेल मात्र बन्न पुगेकाे छ। हुन त माहामारीकाे विषम परिस्थितिमा याे प्रविधि नहुनु मामा भन्दा कानु मामा निकाे भन्ने उखानसंग मेल खान्छ।अर्काेतिर अतिसाना नानीबाबुहरूका लागि भर्चुअल कक्षा हानिकारक देखिन्छ किनकी यसले ती साना नानी बाबुहरूमा माेवाइल प्रतिकाे माेह बढ्नुका साथै अनावश्यक कुरा सिक्ने,हेर्ने गर्नाले अन्ततोगत्वा पढ्ने ,लेख्नेमा ध्यान नगर्ने सम्भावना देखिन्छ।
धन्यवाद


ताजा समाचार

error: Content is protected !!