काेहलपुरमा विद्यालय खुलाउने बिकल्पसहित आयाे प्रतिवेदन

काेहलपुर


नेपाल शिक्षक महासंघ काेहलपुर र काेहलपुर क्षेत्रका संस्थागत बिद्यालयकाे छाता संगठन क्रिसाले बैकल्पिक उपायहरु अपनाउदै चरणबद्द रुपमा बिद्यालय खाेल्न काेहलपुर नगरपालकालाई सुझाव दिएका छन।
गत असार २८ गतेको कोहलपुर नगरपालिकाको सभाहलमा शिक्षक महासंघ काेहलपुर र क्रिसा काेहलपुरकाे आयाेजनामा भएकाे काेहलपुर नगरपालिका मेयर ,उपमेयर, शिक्षा शाखा प्रमुख, मुख्य राजनीतिक दलका अध्यक्ष , शिक्षक महासंघमा अावद्द घटक र संस्थागत विद्यालयका संग संगठन सहितकाे छलफलले काेहलपुर नगरपालिका शिक्षा शाखाका अधिकृत रविलाल मिजारकाे संयाेजकत्वमा ५ सदस्यीय सुझाव समिति गठन गरेकाे थियाे। समितिमा अन्य सदस्यमा नेपाल शिक्षक महासंघ काेहलपुरका अध्यक्ष राम प्रसाद चापागाईं क्रिसा कोहलपुरका अध्यक्ष शिव डाँगी नेपाल राष्ट्रिय शिक्षक संगठन कोहलपुरका अध्यक्ष विनोद भट्टराई , र नेपाल शिक्षक संघ कोहलपुरका अध्यक्ष दिपक मल्ल सदस्य रहेका थिए।

          सुझाव समितिको प्रतिवेदन मगलबार कोहलपुर नगर प्रमुख रावतलाई बुझाएको छ।प्रतिवेदनमा सुरक्षाका उपाएहरु अपनाई बैकल्पिक बिधिकाे प्रयाेग गरी बिद्यालय खाेल्न सकिने उल्लेख छ। प्रतिवेदनमा पहिलाे चरणमा अालाेपालाे गरि कक्षा बिहान १० बजे देखि १ बजे सम्म विद्यालय संचालन गर्न सकिने उल्लेख छ। प्रतिवेदन ग्रहण गर्दै प्रमुख रावतले सामुदायिक विद्यालयका शिक्षकका पेशागत घटक र क्रिसाले संयुक्तरूपमा विद्यालय खाेल्न सकिने नसकिने बारेमा सबैपक्षकाे राय बुझि प्रस्तुत गरेकाे प्रतिवेदनाई अत्यन्तै सकारात्मक रुपमा लिएकाे बताए । प्रमुख रावतले काेराेना कारण बन्द रहेका विद्यालय खोल्ने कुरा सकारात्मक रहेपनि सरोकारवाला सबैको सहभागीता रहने गरि यहि साउन ७ गते विद्यालयका प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिती , शिक्षक अभिभावक संघ , महासंघ र नगर भित्र क्रियाशिल पेशागत घटकहरु समेतको सहभागीतामा सर्वपक्षीय भेला गर्ने र प्राप्त सुझावका आधारमा थप निर्देश दिन सकिने बताए।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा काेहलपुर नगर पालिकाका उप प्रमुख सन्जु कुमारी चाैधरी, काेहलपर नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पाैड्याल,शिक्षक महासंघमा आबद्द घटक, क्रिसाका, प्याब्सन र एन प्याब्सनका प्रतिनिधि समेतको उपस्थित रहेको थियो ।


ताजा समाचार

error: Content is protected !!