भदाै १ देखि विद्यालयमा भर्ना खुल्ने तर कक्षा संचालन गर्न नपाइने

काेहलपुर

सरकारले आगामी भदाै १ गतेदेखि विद्यार्थी भर्ना गर्न अनुमति दिने तर विद्यालय संचालन भने गर्न नदिने भएकाे छ।
अर्थ , सुचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले मंगलबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै अागामी भदाै १ गतेदेखि भर्ना र परिक्षा संचालन गर्न दिने तर कक्षा संचालन गर्न भने अर्काे सुचना नअाएसम्म नदिने निर्णय भएकाे जानकारी दिए।
साउन १५ गते बाट हाेटल पनि खाेल्न पाइने तर सामुहिक भाेज तथा पार्टी जस्ता गतिविधि भने गर्न नपाइने सरकारका प्रवक्ता खतिवडाले बताए।

काेराेना फैलन नदिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको थियाे।

सम्बन्धित समाचार