बाँकेमा आइतबारदेखि पुन: निषेधाज्ञा

काेहलपुर

नेपालगञ्जजमा एकैपटक २७ जना कोरोना संक्रमित देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार देखि ३ दिन सम्म निषेधाज्ञा जारी गर्ने भएकाेछ।
बिहिबार जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आपतकालिन बैठकले आइतवार देखि ३ दिन सम्म पुर्ण रुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिएका छन।


नेपालगन्जकाे त्रिभुवनचोकमा १६ जना र सेवाग्राहीको भीडभाड हुने आन्तरिक राजश्व कार्यालयमा ११ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी संयोजक रहने सीसीएमसीको आपतकालिन बैठकले
संक्रमणलाई समुदायमा फैलिन नदिन ३ दिन सम्म पुर्ण रुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे। अबस्था हेरेर थप निर्णय हुने प्र जि अ कुरुम्बाङले दैनिक उज्यालाेलाई बताए।


ताजा समाचार

error: Content is protected !!