बाँकेमा ४ दिन थपियाे निषेधाज्ञा

काेहलपुर  – समुदायस्तरमा नै काेराेना समसंक्रमित देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आइतवार देखि जारी गरेकाे निषेधाज्ञा ४ दिन थप गर्ने भएकाे छ।
मंगलबार जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले आइतवार देखि जारी निषेधाज्ञा आगामी शनिबार राति १२ बजे सम्म निरन्तरता दिने निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिएका छन।
नेपालगन्जमा वडा अध्यक्ष,नगरपालिकाका कर्मचारी सहित समुदाय सणतरमानै काेराेना संक्रमण बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी संयोजक रहने सीसीएमसीको बैठकले
संक्रमणलाई समुदायमा फैलिन नदिन थप ४ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले दैनिक उज्यालाेलाई बताए।


ताजा समाचार

error: Content is protected !!