इलाका प्रहरी कार्यालय काेहलपुरका सम्पुर्ण प्रहरी कार्यालयभित्रै आइसाेलेशनमा

 बिनाेद भट्टराई

कोहलपुर (बाँके) : प्रहरी कार्यालयमा रहेका एक जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि इलाका प्रहरी कार्यालय काेहलपुरका प्रहरीहरुलाई प्रहरी कार्यलयभित्रै आइसाेलेशनमा राखिएकाे छ ।

प्रहरी कार्यालयमा रहेका एक थुनुवामा कोरोना पुष्टि भएपछि प्रहरीकाे पि सि आर परिक्षण हुने क्रम जारी रहेकाे र रिपोर्ट नआउदासम्म इलाका प्रहरी कार्यालय भित्र सम्पुर्ण प्रहरीहरुलाई आइसाेलेशनमा राखिएकाे बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले बताए।

बाँके प्रहरी प्रमुख रानाले भने,-“पि सि आर रिपाेर्ट आएपछि के गर्ने भन्नेबारेमा थप निर्णय लिन्छाै।”थुनुवामा कोरोना देखिएपछि थुनुवाकाे सम्पर्कमा रहेेका मुद्दा फाँट लगाएत अन्य प्रहरी कर्मचारीलाई जनसम्पर्कबाट टाँढा राखिएको इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख कुलदिप चन्दले जानकारी दिए । काेहलपुरमा आवश्यक सुरक्षा ब्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय बाँके बाट मोवाईट टोली परिचालन गरिएको बाँके प्रहरी प्रमुख रानाले जानकारी दिए।

अहिले इलाका प्रहरी कार्यालयमा ओहोरदोहोर गर्ने कार्य पूर्णरुपमा बन्द गरिएको छ ।

सम्बन्धित समाचार