हामी निजी विद्यालयका शिक्षकहरू !

अम्बिका अधिकारी


के हामी यो देशको नागरिक होइनौ?
के हामी विध्यालयका खम्बा होइनौ?
के हामी बालबालिकाहरूका मार्गदर्शक होइनौ?
के हामी नेताजीहरूका मतदाता होइनौ?
के हामी नखाई बाँच्न सक्छौ त?

अनि कसले बोलिदिने हाम्रो लागि?
पत्रकार
मानवअधिकारवादी
अविभावक
शिक्षा प्रमुख
सरोकारवाला निकाय

कसैले बुझ्ने चेष्टा गर्नुभयो?
घरभाडा कसरी तिर्दै होलान्?
रासनपानीको जोहो कसरी गर्दै होलान्?
दबाईमुलो कसरी गरे होलान्?
बैँकको ऋण कसरी तिर्दै होलान्?

निजी विद्यालयका शिक्षकहरू प्रति पनि सरकार तथा सरोकार वालाको ध्यान जाओस #
(अम्बिमा अधिकारीकाे फेसबुक वाल बाट)

सम्बन्धित समाचार