बहस GPA मा कि शिक्षण विधि मा ?

ऋषि शर्मा

केही दिन अगाडि प्रकाशित SEE को नतिजा ले विभिन्न कोण बाट धेरैको ध्यान तान्यो । नतानोस पनि कसरी फलामे गेटको रुपमा मानिएको परीक्षा र यसको नतिजा इतिहासकै फरक शैलीमा आएको थियो। कसैलाइ मुल्यांकन पद्धति प्रतीको असन्तुष्टि भने कसैलाइ प्राप्त GPA प्राप्तिको खुसियाली ठिक बिपरित दृष्टिकोणलाई समिक्षा गर्ने अवसर मिल्यो। यति मात्र कहाँ हो र 4 GPA प्राप्त गर्ने बिद्यार्थीको संख्याले त धेरैको मनमा मुलतः दुई प्रकारको प्रश्न उब्जाएको थियो। पहिलो पठन पाठन को स्तर वृद्धि भइ ठूलो संख्या मा 4 GPA आएको हुन सक्ने ।

दोस्रो मुल्यांकन प्रणालीमा अपनाइएको उदारता हुन सक्ने। खैर जे होस यो अनुसन्धानको बिषय होला तर प्राप्त नतिजा र GPA को वर्तमान रिजल्टले पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्य प्राप्तीको प्रतिनिधित्व गर्ला त? के 4 GPA प्राप्त बिद्यार्थी हरुमा पाठ्यक्रमले अपेक्षा गरेका शत प्रतिशत व्यबहारमा परिबर्तन भए त? यी प्रश्न हरुको बिषयमा केही दार्शनिकहरुका बिचार र हाम्रो शिक्षण सिकाइको स्वरुपको तादाम्यताको विश्लेषण गर्न आबश्यक देखिएको छ।
दार्शनिक जोन डिवेका अनुसार सिकाइको केन्द्र बिन्दु अनुभव हो (experience is key terms of learning) यस कुरा लाई आधार मान्ने हो भने हाम्रा बिद्यार्थीले पाठ्यपुस्तकमा राखिएका बिषयबस्तु बाहेक वा सान्दर्भिकहुने गरि बास्तबिक क्षेत्रको अनुभव गर्न पाए त? कि पुस्तकमा भएको बिषय कण्ठ्स्थ मात्र गरे? उदाहरणका लागि सामाजिक बिषय मा भएका थुप्रै कृयाकलाप जस्तै कार्यपालिका , न्यायपालिका ,ब्यबस्थापिका बालबालिका माझ गठन गरि बैठक र नीति निर्माण प्रक्रियाको वास्तविक अनुभव दिलाइयोत? अङ्ग्रेजी बिषयमा कतिपटक native speaker का आवाज सङ्ग साक्षातकार गराइयो? भाषिक सीप बिकासका लागि कति प्रयोगात्मक अभ्यास गराइयो।

यस्तै अन्य बिषयका हक मा बालबालिकाले वास्तविक अनुभव गरि सिके त? जोन डिवेको जोड भएको गरेर सिक्ने (learning by doing) को पदचाप कतिले पछ्यायौ। के हाम्रा बालबालिकाले गरेर सिक्ने बाताबरणको तयारी छ त? यो सिधान्तले कति काम गर्यो? कि तोरि को जीवन चक्र पढाए पश्चात् बिद्यार्थीले तोरिको रुख कत्रो हुन्छ सर भने झै त भएन? डिवेका अनुसार हरेक बिषय र बिचार experiment बाट tested हुनु पर्छ त्यसो भए हामिले कति experiment का अति अभ्यास गरयौ र गारायौ? उनका अनुसार अनुभव बिना ज्ञान प्राप्त हुन सक्दैन( no knowledge without experience ) त्यसो 4 GPA प्राप्त गर्नेले सिक्नु पर्ने सबै बिषयबस्तुको अनुभव गर्न पाए त? सत्य परिवर्तनशिल छ तर त्यो अनुभव र बाताबरणमा आधारित हुन्छ भन्ने कुरालाई हाम्रा विद्यार्थीले आत्मसात गरेका छ्न कि उनिहरुले एउटै कुरालाई सधै सत्य देख्छ्न? बिद्यार्थी हरु little scientist हुन भन्ने डिवेको भनाइ लाई हामिले कतै महत्त्व दिएयौ कि नाइ?
दार्शनिक जिन पियाजेका अनुसार विद्यार्थीहरु आफ्नो दिमागको सहयोगमा सृजनात्मक हुनु पर्छ र उनीहरु को सज्ञानात्मक बिकासको तह शिक्षक ले बुझ्न आबश्यक छ। के हामिले उनले भने झै सृजनात्मक र तार्किक क्षमताका बिद्यार्थी उत्पादन गरयौ? कि तर्क बिहिन कण्ठस्थ गर्न सिपालु सहि गलत नछुट्याउने दासको समूह उत्पादन त गरेनौ? शिक्षकले अवधारणा प्रदान गरि बिद्यार्थीलाई अन्वेषण गर्न लगाउनु पर्छ भन्ने प्रकृया पूरा गरियो त? कि बिद्यार्थी लाई रेडिमेड फ्याक्ट दिइयो? पियाजे का अनुसार एउटा बिद्यार्थी thinker,explorer,knowledge construtor हो। के हाम्रा उत्कृष्ट GPA धारी यो कोटामा पर्छ्न त?
दार्शनिक भिगोस्कीका अनुसार सिकाइ अन्तरक्रिया बाट सुरु हुन्छ। जुन अन्तरक्रियाको प्रमुख आधार परिवार र समाज हो । के हाम्रा विद्यार्थी पारिवारिक एब सामाजिक अन्तरक्रियामा सहभागी हुन्छ्न कि एकान्त कोठामा बसेर केही प्रबिधी सङ्ग मात्र रमाउने बानी परेका छ्न? के हाम्रा बिद्यार्थी पारिवारिक र सामाजिक सम्बन्ध सभ्यता र सस्कार का बारेमा जानाकारी राख्छ्न वा सोही अनुसार ब्यबाहार गर्छन? हामिले कक्षाकोठमा कत्तिको सामाजिक सास्कृतिक सम्बन्ध र आदरका बिषयमा बहस चलायौ? के बालाबालिकामा एक अर्काको धार्मिक सास्कृतिक पक्षको सम्मान गर्ने र बुझ्ने परिपक्वता आएको छ? सामाजिक अन्तरक्रिया सिकाइको प्रमुख स्रोत हो भन्ने उनको भनाइलाई मान्ने हो भने हामिले विद्यार्थीलाई कत्तिको सामाजिक गतिविधिमा सङ्ग्लग्न गरायौ? कि उनी हरु आइसोलेट जीवन मन पराउने र सामजिक समस्यामा बेखबर त छैनन ? तर लब्धाङ्क पत्र मा अंकित GPA ले त उनिहरु माथी उल्ल्खित कुरामा पुर्ण देखाउछ। भिगोस्कीले भने झै एउटा शिक्षकले कक्षाकोठा भित्र बिधार्थीलाई सामाजिक, सास्कृतिक र एतिहासिक बिषयबस्तु हस्तान्तरण गरे भन्ने कुराले महत्त्व राख्छ। यस्ता बिषयमा कक्षाकोठामा बहस चले त? सिकाइ प्रकृयामा imitation , instruction र collaboration लाई भिगोस्कीले महत्त्व दिएका छन यदि imitation लाई महत्त्व दिने हो भने अभिभावक र शिक्षक स्वयंले उनिहरु ले imitate गर्ने खालाका व्यवहार प्रस्तुत गरियो वा गरियन?बढी भन्दा बढी सामाजिक सास्कृतिक अन्तरक्रिया गराउनु पर्ने सिधान्तमा हामी चुक्यौ कि?
ब्राजिलियन दार्शनिक पाउलो फ्रेरे ले मुख्य जोड critical pedagogy मा दिएका छ्न। उनले भने झै हाम्रो pedagogy critical छ? कि मौन बस्ने तर्क बिहिन सिकारु उत्पाद्न त भएनन? हाम्रा सिकारु critical thinker बनेकी passive listener बने कहिले सोचियो? बिधार्थी लाई कत्तिको तर्क गर्न दिइयो? कि स्थापित मान्यतामा तर्क गर्न पाइन्न भनेर चुप चाप लागाइयो? उनको भनाइमा विद्यार्थी स्वयं ज्ञानको सर्जक हो ( Student is creater of knowledge) यो कुरा कहिले महसुस गरियो कि शिक्षक स्वयं लाई एकल ज्ञानको स्रोत मानियो? पाउलो फ्रेरे मौन सस्कृती ( silence culture) का बिरोधी हुन उनले परम्परगत कक्षा लाई मृत कक्षा ( dead class) भनेका छ्न।हाम्रा कक्षा मृत ( dead) छनकि जिबित(alive) कहिले सोच्यौ? Education is not just for information but it is for making people critical भन्ने उनको मान्यतालाइ आधार मान्दा हाम्रा बिधार्थी मा हरेक बिषयलाइ समालोचनात्मक रुपले(critically) हेर्ने क्षमता बिकास भएको छ त? अन्याय र दमनका विरुद्ध शिक्षा मा जोड दिएका उनको pedagogy of oppressed को सिधान्त लाई आधार मान्ने हो भने हाम्रा बिद्यार्थी अन्यायका विरुद्ध बोल्न सक्छ्न त ?कि पूरा पुर अन्धभक्त त उत्पाद्न त गरिएन?
शैक्षिक गुणस्तर लाई मात्र GPA मा नाप्ने कुराले माथिका बिषयलाइ समेट सकिँदैन। तसर्थ नतिजा प्रकाशन गर्दा मात्र शक्षिक गुणस्तरका कुरा उठाउने र समस्या औल्याउने र समाधान नखोज्ने हाम्रो सस्कृती नै बनिसकेको छ। शैक्षिक गुणस्तर लाई प्राप्त अङ्कमा मात्र सिमित गर्ने कि सम्पुर्ण व्यबहारको मुल्यांकन गर्ने? कि गुणस्तरलाई आ आफ्नो पक्षमा व्याख्या गर्ने? शिक्षा क्षेत्रका बिशिस्ट ब्यक्ती, बिद्वान प्राध्यापकहरु ले समस्या औलाउनु को साटो गतिलो अनुसन्धान गरि मार्गदर्शन गर्ने समय कहिले आउने?
यी याबत अनुतरित प्रश्न र बिषय बस्तु र हाम्रो शिक्षण सिकाइ प्रकृयालाई अध्यन गर्दा बिद्यार्थी ले प्राप्त गर्ने GPA र उनिहरुको व्यबहार मा भएको र गराइएको परिवर्तनको खासै तादम्यता देखिदैन। त्यसैले कसैले वा कति संख्यामा 4 GPA प्राप्त गरे भन्ने कुरा बहसको बिषय नभइ समग्र शैक्षिक प्रक्रियामा बहसको थालनी गर्नु पर्ने आबश्यक्ता देखिएको छ।
(लेखक त्रिभुवन नमुना मा बि का माध्यमिक तहका शिक्षक हुन)

सम्बन्धित समाचार