काेहलपुरमा मनाइयाे निजामती सेवा दिवस

काेहलपुर

“स्वच्छ र सक्षम निजामती प्रशासन,सम्वृद्दि र सुशासन ” भन्ने मुल नाराका साथ काेहलपुर नगरपालिकामा एक कार्यक्रम काे अायाेजना गरि निजामती सेवा दिवस मनाइएकाे छ।
काेहलपुर नगर कार्यपालिका कार्यालयमा अायाेजित कार्यक्रममा प्रमुख अतिथि काेहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कर्मचारी र जनप्रतिनिधिबिच सुमधुर सम्बन्ध हुनुपर्ने बताए। नगर प्रमुख रावतले कर्मचारीले राम्राे कार्य क्षमता प्रस्तुत गरेमा नगरपालिका पनि उत्कृष्ट हुने धारणा राखे।
कार्यक्रममा काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले कर्मचारीले स्थानिय सरकारकाे नितिलाई सफल बनाउन लाग्नुपर्ने भन्दै काेहलपुरमा जनभावना अनुसार छिटाे छरिताे सेवा प्रवाह गर्न कर्मचारी सचेत रहेकाे बताए।
नगरपालिकाका अधिकृत अग्नी आचार्यले संचालन गरेकाे कार्यक्रममा विभिन्न बक्ताले आ आफ्नाे धारणा राखेका थिए।
दिवसकै अवसर पारेर नगरपालिका कार्यालय भित्र सरसफाई समेत गरिएकाे थियाे। साेही अवसर पारेर नगरपालिका कार्यालय परिसरमा फुलवारी वनाउने कार्यकाे पनि सुरु गरिएकाे छ। नगरपालिकाका सब ओभरसियर महादेव जाेशीकाे डिजाइनमा नगर कार्यालयभित्र फुलबारी बनाउन लागिएको बताइएकाे छ।
नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो ।


ताजा समाचार

error: Content is protected !!