काेराेना महामारीकाे बेला जनप्रतिनिधिले अनुगमनकाे भत्ता लिएका छैनन – काेहलपुर नगरपालिका

काेहलपुर

काेराेना महामारीको अनुगमनकाे नाममा काेहलपुरका जनप्रतिनिधिहरुले एक रुपैयया पनि भत्ता नलिएकाे काेहलपुर नगरपालिकाले जनाएकाे छ।
बुधबार काेहलपुर नगरपालिकाले आयाेजना गरेकाे पत्रकार
काेहलपुर नगरपालिका नगर प्रमुख लुट बहादुर रावतले काेभिड 19 काे अनुगमनकाे नाममा जनप्रतिनिधि हरुले कुनै किसिमको रकम नलिएकाे बताएका हुन।
कोहलपुर नगरपालिकामा कर्मचारी र जनप्रतिनिधीहरुले मनोमानी रुपमा काेभिड 19 काे अनुगमन तथा मुल्याङकनकाे नाममा भत्ता वापत रकम बुझेको भन्ने कुरा बाहिर आएपछि नगरपालिकाले पत्रकार सम्मेलन गरि आफ्नाे धारणा राखेकाे थियाे।
पत्रकार सम्मेलनमा काेहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले उक्त रकम नगरपालिकाकाे कामकाे शिलसिलामा विभिन्न ठाँउमा जादा नियमानुसार दैनिक भ्रमण भत्ता उपलब्ध गराएकाे जानकारी दिए। प्रवक्ता रिजालले उक्त रकम चैत्र अगाडिकाे भएकाे र काेराेना महामारीको समयमा कर्मचारीलाई भत्ता उपलब्ध गराएकाे भए पनि जनप्रतिनिधिले भने नलिएकाे जानकारी दिए।
नगरपालिकाका प्रमुख लेखा अधिकृत सुदिप सुनारले लेखाकाे नियमअनुसार दैनिक भ्रमणभत्ता लाई अनुगमन तथा मुल्यांकन शिर्षकमा राख्नुपर्ने भएकाले भ्रममा नपर्न आग्रह गरे।
पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालद्धारा हस्ताक्षर विज्ञप्ती उपलब्ध गराइएकाे थियाे।


ताजा समाचार

error: Content is protected !!