पत्तै भएन म अझै झुकिरहेकी रहिछु

मनु अधिकारी

महिला भनेका आजका छोरी भोलिका आमा हुन र त संसार चलेको छ । नारी श्रृष्टिकै माहान हुन भन्ने ज्ञान हुदा हुँदै पनि ,हिजो चमेली दिदी अनायासै घरेलुु हिंसाको चपेटामा परिछन् । अझै त्यो पल्ला घरकी वेलि त मानसिक रोगी नै भएर हिडेकी रैछिन। समाजमा हुने महिला हिंसा को बिरोध गर्नुपर्ने माथिल्ला घरकी फुलमती दिदिको आफ्नै बुहारी प्रतिको दृस्ठि कति फरक देखिएको होला ।
महिलाले नै महिला माथी हिंसा गरिरहेकाबेला मेरो सिर निहुरिएको छ , यातना थपिएको छ, भन म न्याय खोज्न काहा काहा धाउनु पर्ने हो ।ए मेरो बुवा ,दाजु, भाइ बास्ताबिकता यहि हुनुपर्छ , जब यो देशमा यो समाजमा नारिको सम्मान हुन्छ नि अनि त्यहा पुरुषको सान जोडिएको हुन्छ ,किन कि सम्मान पाउने नारी पुरुषकै छोरी, बुहारी, दिदि बैनी हुन्छन।अब सोच्दै छु र भोगाइले पनि यस्तै देखायो प्रबिधी र समय परिवर्तन भएर अनौठो संसार देखिने होइन जब सम्म सोचाइ परिवर्तन हुदैन ।भौतिक बिकासले संसारिक सुख सयल उच्च स्थानमा पुगे पनि , सबै बिकासले सिंगारिए पनि विकसित कदापी मानिने छैन , यदि महिला बिकास शसक्तिकरण र सक्रिय सहभागिताले उचाई प्राप्त गर्न सक्दैन ।
महिलाप्रति हेर्ने समाजका हरेक सदस्यको दृष्टिकोण यथास्थितिमा रुमल्लिरह्यो भने मेरो बुबाले आफैले जन्माएको छोरा र मलाई भेदभावको तराजुमा राखेर सदा हल्का बनाइरहनु हुन्छ।अनि आमाले पनि सामाजिक संस्कार मान्यता र पुरातन सोचाइ र प्रवृत्तिको सिकार भएर आफ्नो श्रीमानको ब्यवहार र विचारमा मौन सहमति जनाइ दिनुहुन्छ। मेरो सासु ससुराले मलाई आफ्नो छोराको अनुहारमा अनि आफ्नो आफ्नो छोराको अनुहारमा म देख्न सक्दैनन। छोरीको रूपमा मलाई स्वीकार गर्न सक्दैनन् ।जबसम्म मेरो श्रीमान आफ्नो भालेवादी चिन्तन बाट ग्रसित हुँदै आफुलाइ घरको हर्ताकर्ता मालिक अनि अधिपति सम्झेर मालाइ आयातित उपभोग्य वस्तु ,सुख सयल र बिलासिताको साधन बाहेक केही सम्झिदैनन, सम्झिन्छन त केवल उनी जस्तै अनुहार ,गुण ,र विशेषताले भरिपुर्ण उत्तराधिकारि उनलाई टक्र्याइदिने मेसिनको रुपमा
धिक्कार छ मलाइ,छोरिहरु गर्भमै सुरक्षित हुन नसकेको बेला म हजुरकी श्रीमती बन्न पुगेछु।


ताजा समाचार

error: Content is protected !!