कांग्रेसका सांसलले सभामुखलाई लक्षित गरी आक्रमण गरेकाे भन्दै नेकपा प्रमुख सचेतक ढकालद्वारा खेद प्रकट

 

काेहलपुर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले आज सभामुखलाई लक्षित गरि आक्रमण भएकाे भन्दै संसदमा भएकाे उक्त घटनाप्रति खेद ब्यक्त गर्नुभएकाे छ।
भालुवङ्गमा प्रदेशकाे स्थायी राजधानी राख्ने प्रस्तावप्रति असहमति जनाउदै नेपाली काग्रेशका केही सांसदले प्रदेश ५ का सभामुखलाई लक्षित गरि आक्रमण भएकाे भन्दै प्रमुख सचेतक ढकालले खेद ब्यक्त गर्नुभएकाे हाे।
आज किज्ञप्ति जारी गर्दै प्रमुख सचेतक ढकालले नेपालकाे संविधान अनुसार प्रदेशकाे स्थायी राजधानी र नाम राख्ने जिम्मेवारी प्रदेशसभाकाे रहेकाे र नाम र स्थायी राजधानि संसदमा प्रस्ताव भएपछि यसबारेमा छलफल चलिरहदा आज नेपाली काग्रेशका केही सांसदहरूले संसदमा कुर्ची ताेडभाेड र सभामुख माथी अाक्रमणकाे प्रयास भएकाे भन्दै यश घटनाले संसदीय मर्यादाको उपहास भएकाे बिज्ञप्तीमा उल्लेख छ।
प्रमुख सचेतक ढकालले बिज्ञप्तीमा प्रदेशसभा विधि स्थापित गर्ने थलाे भएकाे भन्दै यसकाे टुंगो पनि विधि र प्रक्रियाबाट लगाउनुपर्ने उल्लेख छ।
प्रदेशसभामा हुने निन्दनिय क्रियाकलापले यसकाे गरिमा र महत्वलाई कमजाेर पार्ने भन्दै अागामी दिनमा यस्ता क्रियाकलाप नदार्याउन र संसदिय विधि र प्रक्रियालाई आत्मसाथ गर्न प्रतिपक्ष दल काग्रेश लगाएत सबै दललाई प्रमुख सचेतक ढकालले अाग्रह गर्नुभएकाे छ।
साथै अाज भएकाे घटना छानबिन गर्न पनि बिज्ञप्ति मार्फत माग गरिएकाे छ।
प्रदेश ५ सरकारले शुक्रबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ्गमा राख्ने प्रस्ताव संसदमा गरेको थियो ।

प्रदेश ५ मा नेकपाको दुई तिहाई मत रहेको छ । यस प्रदेशमा नेकपा का ६१, विपक्षी नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सांसदहरु रहेका छन ।


ताजा समाचार

error: Content is protected !!