काेहलपुरमा विद्यार्थीहरुको स्वास्थ्य सुरक्षाकाे ख्याल नगरी विद्यालयहरुमा कक्षा संचालन भएकाे पाइयाे- शिक्षा शाखा


काेहलपुर


कोहलपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले केही संस्थागत तथा सामुदायिक विद्यालयको आकस्मिक अनुगमन गरेको छ । अनुगमनका क्रममा केही संस्थागत विद्यालयले बिना जानकारी प्रत्यक्ष कक्षा संचालन गरेको काेहलपुर नगर शिक्षा शाखाले जनाएकाे छ।
जिल्ला प्रशासन र नगर शिक्षाकाे निर्देशनलाई समेतअटेर गरि विद्यार्थीहरुको स्वास्थ्य सुरक्षाबारे ख्यालसमेत नगरी ती विद्यालयहरुमा कक्षा संचालन भएकाे पाइएकाे शाखाले जनाएकाे छ।


अभिभावकबाट गुनासाे आयपछि शाखाले काेहलपुरका विभिन्न विद्यालयकाेे अनुगमन गरेकाे शाखाका अधिकृत रबिलाल मिजारले बताए।
प्रथम पटकका लागि तत्काल कक्षा बन्द गर्न तथा माथिल्लो निकायबाट जारी भएको निर्देशनको पालना गर्न निर्देशन दिइएको अधिकृत मिजारले जानकारी दिए।बारम्बार अटेरी गरेको पाइएमा आइपर्ने परिस्थितिको लागि विद्यालय परिवार नै जिम्मेवार हुने समेत शाखाले आफ्नाे फेसबुक पेजमा उल्लेख गरेकाे छ।


ताजा समाचार

error: Content is protected !!